जापानमा विदेशी बासिन्दा पहिलोपटक ४० लाख नाघे, टोकियोमा मात्रै ८ लाखभन्दा बढी
टोकियो,जापान। जापानमा बसोबास गर्ने विदेशी नागरिकको संख्या पहिलोपटक ४० लाख नाघेको छ। जापानको अध्यागमन सेवा निकायका अनुसार सन् २०२५ को अन्त्यसम्म जापानमा रहेका विदेशी बासिन्दाको संख्या ४१ लाख २५ हजार ३९५ पुगेको छ। यो अघिल्लो वर्षको तुलनामा ३ लाख ५६ हजार ४१८ जना अर्थात् ९.५ प्रतिशतले बढी हो। योसँगै जापानमा विदेशी बासिन्दाको संख्या लगातार चौथोपटक ऐतिहासिक उच्च बिन्दुमा पुगेको...

