मुसाले बाढी निम्त्याएको आरोप
भाद्र १७ भारतको बिहार राज्यका एक जना मन्त्रीले हालै देशमा आएका बाढीका लागि मुसा जिम्मेवार रहेको बताएका छन् । जलश्रोत मन्त्री राजीव रञ्जनले तटबन्ध नजिक बसोबास गरिरहेका मानिसले भण्डारण गरेका अन्नतर्फ मुसा आकर्षित भएको बताए । उनले तटबन्धहरुमा मुसाले प्वाल पारेको र त्यसलाई कमजोर बनाएको अनि उक्त प्वालबाटै बाढी गाउँमा पसेको धारणा राखे। हालैका बाढीका कारण भारतमा ५०० जना भन्दा बढीको मृत्यु भएको...
गुरु राम रहीम सिंहलाई दश वर्षे जेल सजाय
भाद्र ११ उत्तर भारतको एउटा अदालतले एकजना विवादित धर्मगुरु गुरमित राम रहीम सिंहलाई आफ्ना दुईजना महिला अनुयायीहरुलाई बलात्कार गरेको अभियोगमा दश वर्षको जेल सजाय सुनाएको छ । राम रहीम सिंहलाई बलात्कारको अभियोगमा गत हप्ता सोही अदालतले दोषी ठहर गरेको थियो । उनलाई त्यसरी दोषी ठहर गर्ने फैसला भए लगत्तै हरियाणा र पञ्जाव राज्यहरुमा ठूलो स्तरको दंगा मच्चिएको थियो जस्मा ३८...
भारतीय सेना चिनियाँ भूमिबाट फर्कियो : चीन
भदौ १२ काठमाडौं : चीनले भारतीय सेना दोक्लमबाट घर फर्केको पुष्टि गरेको छ । चिनियाँ समाचार संस्था सिन्हवाले ट्विट गर्दै चीन सरकारले भारतीय सेना चिनियाँ भूमिबाट फर्केको जनाएको छ । यसअघि भारतको विदेश मन्त्रालयले कुटनीतिक छलफलपछि दुवै देशका सेना क्रमश: दोक्लमबाट पछि हट्ने जनाएको थियो । भारतीय विदेश मन्त्रालयले प्रेस विज्ञप्ति जारी गरेको एक घन्टा वित्न नपाउँदै चिनियाँ एजेन्सीले सरकारी आधिकारिक...
दोक्लमबारे पहिलो पटक भारतीय सेना प्रमुखले मुख खोले
काठमाडौं, भदौ ११ भारतीय सेना प्रमुख बिपिन राउवतले दोक्लाम जस्ता घटना अझै बढ्न सक्ने बताएका छन् । चीन र भुटानको सीमाक्षेत्र दोक्लामलाई लिएर भारत–चीनबीच बिगत दुई महिनाभन्दा लामो समयदेखि बिवाद चलिरहेका बेला पहिलो पटक भारतीय सेना प्रमुखको यस्तो टिप्पणी आएको हो । सेना प्रमुख राउवतले शनिबार एक कार्यक्रममा भविष्यमा भारत–चीनबीचको नियन्त्रण रेखामा दुई देशका सेनाबीच दोक्लाम जस्ता घटना बढ्ने दावी गरेको...

