जापानी कम्पनी होन्डाले क्यानडाको ईभी प्लान्ट निर्माण योजना अनिश्चितकालका लागि गर्यो स्थगित
जापान । अमेरिकी बजारमा विद्युतीय सवारीसाधन (ईभी) को माग घट्दै गएपछि जापानी अटो निर्माता होन्डा मोटरले क्यानडामा निर्माण गर्ने योजना बनाएको ईभी उत्पादन प्लान्ट अनिश्चितकालका लागि स्थगित गर्ने तयारी गरेको छ। स्रोतहरूको जानकारीअनुसार कम्पनीले उत्तर अमेरिकी रणनीतिमा पुनरावलोकन गर्दै ईभीभन्दा हाइब्रिड सवारीसाधनमा ध्यान केन्द्रित गर्न थालेको हो। होन्डाले क्यानडाको पूर्वी क्षेत्र ओन्टारियोमा सन् २०२८ देखि सञ्चालनमा ल्याउने गरी ईभी एसेम्बली प्लान्ट...

