फिलिपिन्सको सैन्य अभ्यासमा जापानले पहिलो पटक एन्टी–शिप मिसाइल प्रहार गर्यो
टोकियो,जापान। जापानको सेल्फ डिफेन्स फोर्सले फिलिपिन्समा भएको संयुक्त सैन्य अभ्यासका क्रममा पहिलो पटक टाइप ८८ सतहबाट समुद्री जहाजमा प्रहार गर्ने एन्टी–शिप मिसाइल प्रहार गरेको छ। बुधबार भएको यो अभ्यासमा जापानसँगै फिलिपिन्स, अमेरिका, अष्ट्रेलिया लगायतका देशका सैनिक सहभागी थिए। जापानले दोस्रो विश्वयुद्धपछि अपनाउँदै आएको सैन्य संयमताको अर्को सीमा पार गरेको रूपमा यो घटनालाई हेरिएको छ। फिलिपिन्सको उत्तरी क्षेत्र इलोकोस नोर्तेको पाओआय...

