काठमाडौं । यसवर्षको कोरियन भाषा परीक्षा (इपिएस) जेठ २६ र २७ गते हुने भएको छ । २०७५ जेठ २६ र २७ गते दुई–दुई सिफ्टमा परीक्षा हुने इपिएस कोरिया शाखाले जनाएको छ । लिखित परीक्षा १ सय पूर्णाङ्कको र सुनाई १ सय पूर्णाङ्कको हुने छ ।
आवेदन भने चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता हुने इपिएस कोरिया शाखाले जनाएको छ । परीक्षा शुल्क २४ डलर तोकिएको छ । परीक्षा केन्द्र भने पछि सार्वजनिक गरिने बताइएको छ। काठमाडौं र पोरखाबाट परीक्षा हुनेछ । दरखास्त दिँदा नै आवेदकले परीक्षा दिने दुईमध्ये एक शहर रोज्नुपर्नेछ ।
आवेदन दर्ता गर्नका लागि भयभचक।भउकलभउब।िनयख।लउ मा गई अनलाइन फारम भर्नुपर्नेछ ।
फारम भर्नका लागि राहदानीको फोटो भएको पेजको रंगीन स्कयान गरी जेपिजी इमेज फाइल बनाइ अपलोड गर्नुपर्नेछ । आवेदनमा अनिवार्य रुपमा इमेल ठेगाना र मोबाइल नम्वर उल्लेख गर्नुपर्नेछ । फारममा तीन महिनायताको फोटो अपलोड गर्नुपर्नेछ ।
कुल ७ हजार १ सय जनाले यसपटक मौका पाउने अनुमान छ। जसमा उत्पादनमूलकतर्फ ४ हजार ८ सय र कृषि तथा पशुपालनतर्फ २ हजार ३ सय तोकिएको छ।
१८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन्। आवेदन दिनेहरु फौजदारी अभियोगमा नपरेको, गैह्र कानूनी रुपमा कोरिया बसी फिर्ता पठाएको हुन नहुने, सरकारले अन्य मुलुकमा जान रोक नलगाएको हुनुपर्ने छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




