बिमल दोङ्ग तामाङ /दक्षिण कोरिया।पछिल्लो समयको चर्चित टिभी कार्यक्रम “सिधा कुरा जनतासँग”का प्रस्तोता तथा लोकप्रिय पत्रकार रबि लामिछाने दक्षिण कोरिया आउने भएको छ । कोरियाको ठूलो चाड छुसकको अवसर पारेर यहि सेप्टेम्बर २४ तारीखमा बृहत अन्तरक्रिया कार्यक्रमको लागि ३ दिने भ्रमणमा दक्षिण कोरिया आउने जानकारी सामाजिक अभियन्ता तथा कार्यक्रम संयोजक यम श्रेष्ठले दिएका छन् ।
कोरिया आउनु अघि जापान समेत आउने पत्रकार लामिछानेले यस कुरालाई पुष्टि गर्दै जापान र कोरियाको भ्रमण बारे आफ्नो फेसबुक मार्फत भिडियो समेत सार्वजनिक गरेका छन् । लामिछानेले फेसबुकमा लेखेको छ “जापान र कोरियामा रहनुहुने दाजुभाई दिदी बहिनिहरु सँग भेट्घाट गर्न र कार्यक्रम समेत तयार गर्न हामी यही सेप्टेम्बेर २१ देखी २८ सम्म जापान र कोरियाका बिभिन्न शहरहरुमा आउने छौ ।”

अभियन्ता श्रेष्ठका अनुसार सेप्टेम्बर २४ तारिखमा काभ्रे सम्पर्क समिती तथा धादिङ समाजद्वारा आयोजित रिदम लाइभ कन्सर्ट तथा साँस्कृतिक धमाकामा बिशिष्ट अतिथिको रुपमा सहभागी हुनेछ । साथै उक्त कार्यक्रममा प्रेरणादायी प्रस्तुति (motivational speech) दिने र भ्रमणको उदेश्य बारेमा जानकारी दिने जनाएको छ ।
त्यस्तै सेप्टेम्बर २५ तारिखका दिन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट(समर्थक) ग्रुपद्वारा आयोजित प्रेरणादायी तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी जनाउने छन् । कार्यक्रममा बिशेष गरि नेपालीहरुमा कामको तानबले हुने डिप्रेसन, नेपाली नेपाली बिच नै हुने दुर्बयबहार, वैमनस्यता, संघसंस्थाको नाममा अनिमियता, ठगी गर्ने जस्ता प्रवासी नेपालीहरुको विविध समस्याको बारेमा छलफल हुने छ । साथै प्रावशशमा बसेर पनि समृद्ध नेपालका लागी के कस्ता रचनात्मक कार्यहरु गर्न सकिन्छ, भ्रष्टाचार र अनिमियता निर्मुल पार्नको निम्ति सचेत नागरिकको दायित्व र भुमिका के हो त भन्ने जस्ता समसामयिक बिषयमा अन्तरक्रिया हुने जनाएको छ । त्यसैले उक्त दिन दक्षिण कोरियामा रहेका बुद्धिजीवी, विद्यार्थी, पत्रकार, ब्यापारी, विभिन्न संघसंस्थाको प्रतिनिधि लगायत सम्पुर्ण नेपालीहरुलाई देशको सच्चा र इमान्दार पत्रकार रवि लामिछानेसँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भएर आफ्नो समस्या वा विचार प्रस्तुत गर्ने मौकालाई सदुपयोग गर्न अनुरोध गर्दै अभियन्ता श्रेष्ठले भने “कोरियामा यो एउटा उत्कृष्ट प्रभावकारी कार्यक्रम र अभियान बनोस् । सबैको साथ, सहयोग र सहकार्यको आवस्यकता छ । यो हामी सबै राष्ट्र प्रेमि नेपालीहरुको साझा अभियान हो । सबै मिलेर सफल बनाऔं।”
२५ तारिखकै दिन सिधा कुरा जनता संगको कार्यक्रमको लागि नेपाली समुदायको गुनासो र समस्या सम्बन्धी रिपोर्ट तयार गरिने भएकोले प्रवासमा रहेर हामीले बोकेका समस्याहरू र देशको वर्तमान जल्दाबल्दा समस्यहरु र त्यसको समाधान बारे आफ्नो विचार नेपालकै उत्कृष्ट र प्रभावकारी कार्यक्रम मार्फत सम्बन्धित निकायसम्म पुर्याउने सुनौलो अवसरको रुपमा हामीले सदुपयोग गर्नुपर्ने भनाइ स्वतन्त्र राष्ट्रप्रेमि नेपाली एकता अभियानका अभियन्ता रामदत्त जोशी(नेपालको राम)को रहेको छ । “प्रवासमा हामी कहिले कामको तनाव कहिले साथीभाइसँग त अहिले घर परिवारसँगको तनावमा रहेका हुन्छौं । यस्तो वेलामा रवि सरको एक शब्दले पनि हामीलाई धेरै उर्जा दिन सक्छ । त्यसैले यस्तो मौका कसैले घुमाउन चाहदैनन् भन्ने मलाई लाग्छ ।” नेपालको रामले थपे ।

त्यस्तै २६ तारिखका दिन किम्हे माइग्रेन्ट हाउस तथा राष्ट्रप्रेमी रबि लामिछाने सपोर्ट ग्रुप द्वारा आयोजित मोटिभेस्नल तथा बृहत अन्तरक्रिया कार्यक्रममा सहभागी हुने छ । २५ र २६ तारिखको दुबै कार्यक्रममा सहभागी हुन कुनै शुल्क नलाग्ने जनाएको छ ।
पत्रकार रबि लामिछाने पछिल्लो समय सर्वसाधारणको समस्या देखी राष्ट्रिय स्तरका ठूला ठूला समस्याको बिषयमा सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेषण मात्र नगरी त्यसको समाधानको पहल समेत गर्दै आएको एक निडर पत्रकारको रुपमा स्थापित भइसकेको ब्यक्तित्व हुनुहुन्छ ।
स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान तथा रबि लामिछाने सपोर्ट ग्रुपको पहलमा दक्षिण कोरिया आउन लागेको रबि लामिछानेको कोरिया कार्यक्रमको सम्पुर्ण प्रायोजन तथा समन्वय इजि लिंक तथा हानपास रेमिट्यान्सले गरेको छ भने सउल र किम्हेमा हुने बृहत अन्तरक्रिया तथा मोटिभेस्नल कार्यक्रमको ब्यबस्थापन स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान, किम्हे माइग्रेन्ट हाउस र रबि लामिछाने सपोर्ट ग्रुपले गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




