तान्जानीयाको पानी जहाजमा आगलागी हुँदा कम्तिमा ११ जनाको मृत्यु भएको छ । क्रिमिया नजिक ब्ल्याक सीमा मालबाहक पानीजहाजमा आगो लागेको हो ।
आगो लागेपछि जहाजमा सवार मानिसहरु समुद्रमा हाम फालेका थिए । रुसी उद्धारकर्ताहरुको टोलीले १४ जनालाई उद्धार गरिसकेका छन् । उद्धारको काम जारी छ । उद्धारकर्ताहरुको टोली आगो लागेको पानी जहाजसम्म पुग्ने कोशिसमा छन् ।
एक जहाजमा ग्यास ट्यांकर थियो । त्यसमा आगो लागेपछि विष्फोट भयो र अर्को पानी जहाजमा पनि आगो सल्कियो । एउटा जहाजबाट अर्को जहाजमा इन्धन खन्याइरहेको बेला आगो लागेको बीबीसीले लेखेको छ ।
त्यसपछि जहाजमा सवार व्यक्तिहरु हामफालेका थिए । उनीहरु अधिकांश डुबेका थिए । प्रत्यक्षदर्शीले उनीहरु पानीमा उत्रिन संघर्ष गरिरहेको देखेको बताएका छन् । एएफपी समाचार एजेन्सीका अनुसार दुई जना क्याप्टेनमध्ये एक जनाको अवस्था अज्ञात छ ।
जहाजमा क्रु मेम्बरसहित टर्की र भारतका १७ जना थिए । त्यसमध्ये केही कलाकार पनि थिए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




