चिन । चीनले दुई दिनमै नोवल कोरोना भाइरस प्रभावितको उपचारका लागि अस्पताल बनाएको छ । चीनको हुवाङगाङ शहरमा १ हजार शैयाको अस्पताल बनाइएको हो ।

अत्याधुनिक मेसिनहरुको प्रयोग गरेर रातारात बनाईएको सो, अस्पताल  कोरोना भाइरस संक्रमितहरुका लागि निर्माण गरिएको विश्वकै पहिलो अस्पताल हो। स्थानीय समय अनुसार बुधबार बिहान साढे १० बजे अस्पताल सञ्चालनमा ल्याइएको चीनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीलाई सारिएको छ। यस अस्पतालले २ हजार ३ सय कोराना भाइरस संक्रमित बिरामीहरुको उपचार गर्ने लक्ष्य लिएको छ।

शुक्रबारमात्रै स्थानीय निकायले उक्त भवनलाई कोरोना भाइरसको संक्रमितका लागि उपचारका निम्ति प्रयोग गर्न दिने निर्णय गरेको थियो। त्यसपछि शनिबारबाट काम सुरु गरिएको थियो। सोमबारसम्म स्वयंसेवकले सबै शैयाहरु व्यवस्था गरिसकेका थिए। त्यसैगरी पानी, बिजुली, इन्टरनेटको सुविधा पनि थपियो। ५ सय भन्दा बढी कामदार तथा विभिन्न अत्याधुनिक उपरकरणको प्रयोग गरेर रातारात दुई दिनमा यो काम सम्पन्न गरिएको हो।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार