बुआन । चीनले कोरोना भाइरसको उपचार गर्ने पहिलो अस्पताल निर्माण गरेको छ ।
चीनले कोरोना भाइरसका बिरामीलाई उपचार गर्ने १ हजार शैय्याको अस्पताल मंगलबार रातिदेखि सञ्चालनमा ल्याएको हो । वुहान शहर नजिकै कामदार र स्वयंसेवकको मद्दतमा चीनले उक्त अस्पताल २ दिनमा निर्माण सम्पन्न गरेर डबेइ माउन्टेन रिजनल मेडिकल सेन्टर सञ्चालनमा ल्याएको डेली मेलले जनाएको छ । एकदिनमै भवन बनाइएको र कामदार तथा स्वयंसेवकहरुले निरन्तर ४८ घण्टा खटिएर सुविधा सम्पन्न अस्पतालमा परिणत गरिएको बताइएको छ ।चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि गत बिहीबार १० दिनमा नयाँ अस्पताल निर्माण गर्ने घोषणा गरेको थियो । चिनियाँ अधिकारीहरुले यसअघि सात दिनमा अस्पताल निर्माण गरेको रेकर्ड छ । तर यसपटक छ दिनमै सक्ने प्रतिबद्धता व्यक्त गरेका थिए । सोही अनुरुप पहिलो अस्पताल सञ्चालनमा आइसकेको छ भने वुहानबाट ७५ किलोमिटर पर अर्को अस्पताल पनि चाँडै नै सञ्चालनमा आउने डेली मेलले जनाएको छ ।
स्थानीय समय अनुसार राति १०: ३० बजेदेखि उक्त अस्पतालमा बिरामीहरुको उपचार गर्न थालिएको थियो । पहिलो पटक संक्रमित भएका कोरोनाका बिरामीलाई उक्त अस्पतालमा स्थानान्तरण समेत गरिएको छ ।भवन निर्माण सकिएलगत्तै शनिबारदेखि अस्पतालको उपकरण जडानदेखिका आन्तरिक कामहरु गरिएको थियो । सोमबार अस्पतालमा हजार शय्याहरु व्यवस्थापन गरिएको थियो । यससँगै सोमबार नै पानी, बिजुली र इन्टरनेट जडान गरिएको ह्वाङगाङका सरकारी अधिकारीहरुले बताएका छन् । उक्त अस्पताल निर्माणमा रातदिन निरन्तर ५०० भन्दा बढी कामदारहरु र दर्जनौं डोजर र स्काइभेटरहरुले काम गरेका थिए ।
यसैबीच कोरोना भाइरसका कारण चीनमा ज्यान गुमाउनेको संख्या १३२ पुगेको छ । ज्यान गुमाउने सबै चीन भित्रकै हुन् । यस्तै पाँच हजार ९७४ जना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य संगठनले जनाएको छ । चीन बाहिके कम्तिमा १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण भएको छ ।
गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो । हाल सो क्षेत्रमा सार्वजनिक यातायात बन्द गरिएको छ । त्यहाँ रहेका विदेशीहरुलाई उनीहरुकै देश पठाउन थालिएको चीनका अधिकारीले बताएका छन् । जापानी तथा अमेरिकी नागरिकसहितको विमान वुहानबाट पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




