१४ वैशाख, काठमाडौं । अमेरिका र दक्षिण कोरियाली गुप्तचर संस्थाले उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उन जीवित रहेको बताएका छन् ।
वासिङ्टन पोस्टका अनुसार अमेरिकी गुप्तचर संस्थाले किम जोङ उनको मृत्युको समाचारमा विश्वास नलागेको बताएको छ । वासिङटन पोष्टले तीन सरकारी अधिकारीलाई उद्धृत गर्दै अमेरिकी र दक्षिण कोरियाली गुप्तचर संस्थाका अनुसार किम अझै जीवित रहेको उल्लेख गरेको हो ।
गत अप्रिल १५ मा किम जोन उन आफ्ना हजुरबाको जन्म जयन्तीमा सहभागी हुन नसकेसँगै उनको स्वास्थ्य अवस्थाको विषयमा अड्कलबाजी शुरु भएको थियो । शनिबार पनि उनी सेनाको स्थापना दिवसको अवसरमा पनि देखिएनन् । त्यससँगै उनको स्वास्थ्य अवस्थाबारे चासो बढेको हो ।
कुनै असामान्य सैन्य गतिविधि नदेखिएकाले उनको स्वास्थ्य अवस्थामा धेरैले चासो राखेका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमले अन्तिमपटक अप्रिल ११ मा भएको एक बैठकमा सामेल भएको उल्लेख गरेका थिए । त्यसयता उनको बारेमा उत्तर कोरियाबाट कुनै समाचार आएको छैन ।
३८ नर्थ का अनुसार अप्रिल २१ र २३ मा वोन्सानमा किमको रेल देखिएको थियो । यद्यपि रेलको उपस्थितिले उनी त्यो रेलमा रहेको वा नरहेको तथा उनको स्वास्थ्य अवस्थाबारे थाहा नहुने बताइएको थियो ।
शुक्रबार अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चिनियाँ डाक्टरको एक टोली उत्तर कोरिया प्रस्थान गरेको समाचार प्रकाशित गरेको थियो । त्यस्तै शनिबार हङकङको एक टेलिभिजनले ‘बलियो स्रोत’ले दिएको जानकारी भन्दै किम जोङ उनको हल्ला भएको बताएको थियो । त्यस्तै जापानी एक म्यागाजिनले पनि उनी कोमामा रहेको बताएको थियो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




