काठमाडौं । अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् । ‘कोरोनाभाइरस संक्रमण रोक्नमा चीनको असफलतालाई मध्यनजर गर्दै यसमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई अस्विकार गर्न नसकिने ट्रम्पले बताएका छन् ।

उनले यो कुरा पत्रकारलाई त्यतिबेला जानकारी दिए जब उनी अमेरिकी राष्ट्रपतिका लागि फार्महाउस क्याम्प डेविड जानका लागि हेलिकोप्टरमा बस्ने तयारीमा थिए । उनी फार्महाउसमा विकेन्डमा काम गर्ने बताइएको छ । ट्रम्प २८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर निस्किएका छैनन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार