हामीकहाँ कोरोना भाइरसबाट मृत्यु भएका मानिसहरुको शव व्यवस्थापनमा सकस भैरहेको छ । शवको अन्त्येष्टि गर्न वा संक्रमितको शव छुन त परै जाओस् नजिक आउन पनि मान्छेहरु डराउँछन् ।
तर इण्डोनेसियामा भने पछिल्लो समय कोरोना भाइरस संक्रमितका शवहरु अस्पताल तथा शवगृहहरुबाट चोरी हुने घटनामा वृद्धि भएको छ ।
इण्डोनेसियाको पछिल्लो कोरोना सम्बन्धी नियम अनुसार संक्रमित मृतकको लासलाई तत्कालै प्लास्टिकमा बेरेर छिटो भन्दा छिटो चिहानमा गाड्नु पर्दछ । यसो गर्दा मुस्लिमहरुको अन्त्येष्टि संस्कार पूरा गर्न सम्भव हुँदैन, जहाँ लासलाई गाड्नु अगाडि धुने गरिन्थ्यो ।
कोरोना कानूनका कारण आफ्नो धार्मिक आस्था बमोजिमको अन्त्येष्टि गर्न नपाउने भएका कारण पछिल्ला दिनमा सुलावेसी प्रान्तको मकास्सारका अस्पतालहरुमा शव खोस्नका लागि मृतकका आफन्तहरुको घुइँचो लाग्ने गरेको छ । अन्त्येष्टिका लागि तयारी हालतमा राखिएका कतिपय शवहरु अस्पतालबाटै चोरी भएका बताइएको छ ।
शव चोरीको यस्ता घटनामा संलग्न ३३ जना अभियुक्तलाई पक्राउ गरिएको छ । उनीहरुलाई कानून उल्लंघनको अभियोगमा ७ वर्षको जेल सजायँ हुन सक्नेछ ।
उता इण्डोनेसियाको दोश्रो सहर सुराबजास्थित एक अस्पतालबाट समेत संक्रमितको शव चोरी भएको छ । उत्तः घटनामा संलग्न ४ जना मानिसहरु समेत पक्राउ परेका छन् । त्यस्तै जाकार्ताको नजिकै पर्ने बेकासी क्षेत्रमा पनि त्यस्तै घटना भएको छ । त्यहाँ आफन्तहरुले मृतकको कोरोना भाइरस परीक्षणको नतिजा नआउँदै शव चोरेर लगेका छन् । मृतकको स्वास परीक्षणको रिपोर्ट ढिलो गरी आएको र मृतकमा कोरोना पोजेटिभ देखिएको बताइएको
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




