१६ वर्षीया अफगानी किशोरीले आफ्ना आमाबुबाको हत्या गर्ने तीन तालिवानी लडाकुलाई गोली हानेर मारिदिएकी छन्। गत साता ४० तालिवानी लडाकु घोर प्रान्तको जिरिभे गाउँ पसेका थिए।
जुलाई १७ मा लडाकुहरू कमार गुलको घरमा पनि आएका थिए। त्यतिबेला उनी आमाबुवा र भाइसँग सुतिरहेकी थिइन्।
‘ती विद्रोहीहरू राति १ बजे उनीहरूको घरमा गएका थिए। ढोका ढक्ढक्याएपछि गुलकी आमा ढोका खोल्न पुगेकी थिइन्,’ प्रान्त सरकारका प्रवक्ता मोहम्मद अरेफ अबेरलाई उद्धृत गर्दै बेलायती पत्रिका द गार्डियनले लेखेको छ,’तर तिनीहरूसँग हतियार देखिपछि उनले ढोका खोल्न मानिनन्।’
सेतोपाटीबाट
विद्रोहीले केहीबेरमै उनलाई गोली हानेर मारेका थिए। आमाको हत्या गरेलगत्तै उनीहरू भित्र छिरेर गुलका बुबालाई समेत गोली हाने।
आफ्ना आमा र बुबाको हत्याको प्रत्यक्षदर्शी बनेकी गुलले त्यसपछि बुवाको राइफल समातिन् र ती विद्रोहीसँग भिडिन्।
प्रवक्ता अबेरका अनुसार भाइ हबिबुल्लाहलाई छेउमा राखेर गुल ती लडाकुहरूसँग भिडेकी थिइन्। एक घन्टापछि उनले आफ्ना आमाबुबाका हत्यारामध्ये तीन जनालाई मारिन्।
त्यसपछि अरू विद्रोहीहरू पनि भीडन्तमा सामेल भएका थिए। तर केही समयपछि गाउँले र सरकार समर्थित लडाकुहरूको सहयोगमा विद्रोहीहरूलाई लखेटिएको थियो।
अफगानी अधिकारीहरूले अहिले कमार गुल र उनका भाइलाई सुरक्षित स्थानमा लगिसकेका छन्।
‘उनीहरू दुई दिनसम्म मर्माहत थिए र धेरै बोल्नसमेत सकेका थिएनन् तर अहिले उनीहरू अवस्था ठिक छ,’ अबेरले भने।
अबेरका अनुसार उनीहरू बेसेको गाउँमा गुलका सौतेनी भाइबाहेक आफन्त छैनन्।
अफगान सरकारले कमारको बहादुरीको क्याबिनेट बैठकमा समेत प्रशंसा गरेको छ। राष्ट्रपति असरफ घानीले ती दिदी-भाइलाई राष्ट्रपति भवनमा बोलाएका छन्।
घटना भएको दिनदेखि गुलले स्कार्फ लगाएको र काखमा बन्दुक बोकेको तस्विर भाइरल भएको छ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन





