मानिसहरुलाई एउटा राम्रो घर किन्न जीवनको अधिकांश कमाइ खर्च गर्नुपर्छ । जीवनभरको कमाइले घर किन्न नसक्नेहरु पनि धेरै छन् । तर, युरोपेली देश इटलीमा भने मात्रै १ युरो अर्थात १३८ नेपाली रुपैयाँमा सिंगै घर किन्न पाइएको छ । इटलीको सिसिली प्रान्तमा रहेको एउटा सानो शहरमा यति सस्तो मूल्यमा घर बेचिँदैछ । यो शहरको नाम सलेमी हो । यहाँ यति सस्तो मूल्यमा घर बेचिँदैछ भन्ने कुरा विश्वास गर्न निकै कठिन हुन्छ तर यो सत्य हो । र, यहाँ यति सस्तो मूल्यमा घर बेचिनुको पछाडि खास कारण छ ।
सीएनएनको एक रिपोर्टअनुसार पछिल्ला केही वर्षहरुमा यहाँका साना साना बस्तीहरुमा जनसंख्या निकै तब्रि रुपमा घटिरहेको छ । यही कारण यी साना बस्तीहरुमा यति कम मूल्यमा घर बेचिँदैछन् । यो शहरका मेयर डोमेनिको भेनुटीले सीएनएनलाई बताएअनुसार यी सबै घरहरु सिटी काउन्सिलका हुन् र पछिल्लो अफरले यहाँका घर बिक्रीमा तीब्रता आउने अपेक्षा गरिएको छ । यहाँका घरहरु बिक्री गर्नको लागि सडक, विद्युत, पानी, ढलनिकास जस्ता आधारभूत सुविधाको मर्मत गरी सुधार गरिएको छ ।
विगत केही वर्षयता इटलीका कैयौं शहरका नागरिकहरु पलायन भइरहेका छन् र यसरी नागरिक पलायनको अत्याधिक मारमा परेको एक शहर सलेमी पनि हो । बिक्री गर्न लागिएका घरहरु यहाँ पहिले बस्ने बासिन्दाहरुले माया मारेर त्यसै छाडेर गएका घरहरु हुन् । यहाँका बासिन्दाले पलायन हुने क्रममा छाडेर गएका सम्पत्ति बेच्न पहिले नै कठिनाइ भइरहेका बेला अहिले कोरोनाभाइरसको महामारीले झनै कठिनाइ थपेको छ ।
यो खबर विश्वास नलागे यो लिंक खोलेर हेर्नुहोला
यसरी किन्न सकिन्छ, १ युरोमा घर
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




