हामीले कहिलेकाही मोबाइल पड्केर दुर्घटना भएका खबरहरु सुनिरहेका छौं । के कारणले मोबाइल पड्केर दुर्घटना पर्ने गर्छ ? त्यसको बारेमा यसरी बताउन सकिन्छ ।

मोबाइल रातभर चार्ज हालेर राख्दा
धेरैजसो मानिसको बानी बनेको रातभर मोबाइल फोन चार्ज गरेर राख्ने र बिहानको समयमा उठेर प्रयोग गर्ने काम गर्नु भएको छ भने । यसो नगर्नु होला किनकी रातभर चार्ज भएर ब्याट्री फुल्ने र पड्क्रीने सम्भावना बढी हुन्छ ।

चार्ज गरिरहेको बेला फोन प्रयोग गर्दा :

मोबाइल फोन पड्किनुको एउटा मुख्य कारण हो, अत्यधिक तात्नु । मोबाइल फोन प्रयोग गर्दा र चार्जिङ गर्दा यसको तापक्रम बढेको हुन्छ । त्यसैले चार्ज गरिरहेको बेला मोबाइल फोनलाई केबल चार्ज हुन दिनुहोस् ।

चार्जमा लगाएर गेम खेल्ने, नेट चलाउने वा फोनमा करा गर्ने गर्नु खतरनाक हुनसक्छ । यदि कुनै काम छैन भने त मोबाइल फोनको स्विच अफ गरेरै चार्ज गर्नु राम्रो हुन्छ ।

चर्को घाममा राख्दा :

सूर्यको सिधा किरण पर्ने र तात्ने ठाउँम फोन नराख्नुस् । यसले फोन बढि तात्नगई बिग्रिने वा पड्किने समस्या हुनसक्दछ
।
एपहरुमा सावधानी राख्नुहाेस् :
कतिपय एपहरू प्रयोग गर्दा फोनमा बढि उर्जा खपत हुनजाने कारणले फोन बढि तात्दछ । प्रायः जिपिएस नेभिगेसनवाला एप्स प्रयोग गर्दा यस्तो समस्या आउँछ ।

ओरिजिनल चार्जरको प्रयोग नगर्दा :
कहिलेकाहीँ फोन खरीद गर्दा लिएको सक्कली चार्जर बिग्रिसकेपछि पैसा जोगाउनका लागि अर्को सक्कली चार्जर किन्नुको साटो सस्तो चार्जरले पनि काम चलाइन्छ ।

तर, यसो नगर्नुस् ।जुन कम्पनीको फोन हो, सोही कम्पनी र मोडेलको चार्जर खरीद गर्नुहोस् । सस्तो खालका तथा जुनसुकै खाले चार्जरबाट चार्ज गर्दा मोबाइल फोन सन्तुलित रुपमा चार्ज नहुने र पड्किने जोखिम पनि हुनछ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार