काठमाडौं, १५ फागुन । नेपाली सिने जगतकी चर्चित नायिका प्रियंका कार्कीको आज जन्मदिन परेको । १९८७ फेब्रुअरी २७ तारिखका दिन उनको जन्म काठमाडौंमा भएको हो । यस आधारमा उनी आज आफ्नो ३३औं जन्मदिन मनाउँदैछिन् । उनको बाबुको नाम भुपेन्द्र कार्की र आमा रक्षा मल्होत्रा हुन् । चर्चित व्यवसायी दीपक मल्होत्रा प्रियंकाको मामा हुन् ।

‘थ्री लभर्स’ चलचित्रबाट नेपाली रजतपटमा प्रवेश गरेकी प्रियंका थोरै सफल नायिकामध्येमा पर्छिन् । उनी अभिनित अधिकांश चलचित्र र म्युजिक भिडियो हिट भएका छन् ।

पूर्वमिस टिन प्रियंकाको फिल्मी करियर सफल भए पनि निजी जीवन भने त्यति सन्तोषजनक ढंगले अघि बढेन । उनको पहिलो विवाह असफल भयो । अहिले उनी अभिनेता आयुष्मान देशराज जोशीसँग सम्बन्धमा छिन् । दुवैले चाँडै बिहे गर्दैछन् ।

जन्मदिनको अवसर पारेर प्रियंकाले ‘आयंका फाउन्डेसन’ मार्फत आजकै दिनदेखि सामाजिक सेवा पनि सुरु गर्ने भएकी छन् । प्रियंका र आयुष्मानलाई केहि दिन अघि मात्र खानेपानी मन्त्रालयले ‘स्वच्छता दूत’ नियुक्त गरेको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार