QUANTICO - "Lipstick" - The new CIA recruits begin running counter-surveillance exercises at The Farm while Alex and Ryan navigate their new relationship with each other. In the future, Ryan and Raina try to disrupt the terrorists' plan to blend in with hostages while trust becomes a deadly weapon, as not everyone is who they seem to be, on "Quantico," airing SUNDAY, OCTOBER 2 (10:00-11:00 p.m. EDT), on the ABC Television Network. (ABC/Jonathan Wenk) PRIYANKA CHOPRA

अमेरिकाको टाइम म्यागजिनले विश्वकै सय प्रभावशाली महिलामा प्रियंका चोपडालाई पनि सूचिकृत गरेको थियो, सन् २०१७ मा । हुन त यसअघि नै सन् २००० मा मिस वल्र्डको ताज जितेर विश्वमा चर्चा पाएकी थिइन् उनले । जतिबले उनको शीरमा विश्व सुन्दरीको ताज पहिर्‍याइदै थियो, त्यसबेला उनी केवल १८ बर्षकी थिइन् ।

प्रियंका चोपडालाई चिनाउने यस्ता अनगिन्ती विशेषण छन् । जस्तो कि, उनी बलिउडकै सर्वाधिक चर्चित अभिनेत्रीमध्येकी एक हुन् । गायनमा पनि उनको बेग्लै छाप छ । हलिउडमा समेत उनको प्रभाव छ । केही हलिउड फिल्ममा अभिनय गरिसकेकी उनी परोपकारी काममा पनि उत्तिकै सक्रिय छिन् ।

प्रियंकाले आज ग्ल्यामर दुनियामा जुन उचाई तय गरेकी छिन्, त्यसमा ‘भाग्यको खेल’ मात्र पर्याप्त छैन । यसमा उनको लगाव, श्रम, मेहनत, निरन्तरता, संघर्ष खास छ । बलिउडदेखि हलिउडसम्म आफ्नो चमकदमक कायम राख्नु, गायन, समाजसेवा जस्ता क्षेत्रमा पनि उत्तिकै सक्रिय हुनु सामान्य कुरा होइन । त्यसैले प्रियंकाले आजको दिनसम्म आफ्नो चमक कायम राख्नुको पछाडि उनको अथक प्रयास एवं मेहनत छ ।

पछिल्लो समय भने अमेरिकी गायक, संगीतकार, निक जोनससँग विवाह बन्धनमा बाँधिएकी छिन् । अहिले उनै निकसँग उनी रोमान्टिक दिनहरु विताइरहेकी छिन् ।

वैवाहिक जीवन पछि उनी पनि उत्तिकै आर्कषक तथा फिट रहनुमा उनको वर्कआउट र डाइट प्लान मुख्य कारण हो । प्रियंकाले आˆनो फिल्मी करियरमा जहिले पनि आˆनो स्वास्थ्यलाई प्राथमिकतामा राखिन् । र, फिटनेसलाई महत्व दिइन् । उनले जीरो फिगर बनाउने बारे कहिल्यै सोचिनन् ।

अनुसासित वर्कआउट रुटिनको पालना गरिन् । र, आˆनो शरीरलाई जहिले पनि टोन्ड र स्लिम राखिन् । परिणामस्वरुप, प्रियंकाको फिगर आजपनि परफेक्ट छ ।

फिटनेसका लागि के गर्छिन् ?

प्रियंका चोपडाको परफेक्ट फिगर, टोन्ड बडी र सेक्सी आउटलुक उनको वर्कआउट, डाइट प्लान र योगाको नतिजा हो । प्रियंका आफ्नो फिगरलाई लिएर निकै सजग छिन् ।

प्रियंका खासै कठिन वर्कआउट गर्दिनन् । तर पनि नियमित रुपमा जीम जान्छिन् । जीममा उनी करिब १५ मिनेट ट्रेडमिलमा हिड्छिन् । त्यसपछि उनी पुसअप र रिर्वस लंज गर्छिन् । उनी करिब एक मिनेट प्लान्क गर्छिन् भने २०-२५ पटक बाइसेप्स कर्ल गर्छिन् ।

प्रियंकालालाई रेजिस्टेन्स ट्रेनिङ्ग गर्न मनपर्छ । उनलाई वेट ट्रेनिङ्गको खासै सौख छैन । जीम नगएको बेला उनी कुद्न, स्पिनिङ्ग गर्न तथा इन्डोर साइकिलिङ्ग गर्न रुचाउँछिन् ।

उनी विशेषगरी दिमागलाई तनाव रहित राख्न योग गर्छिन् । उनी दिनमा आठ देखि दश गिलास साधा पानी पिउँछिन् भने नियमित रुपमा नरिवल पानी सेवन गर्छिन् । यही कारण हो कि उनको स्किन चमकदार र सुन्दर छ ।

यसबाहेक , प्रियंका आफू फिट रहनुमा ‘खुशी रहनु’ पनि भएको बताउँछिन् । एक अन्तवार्तामा प्रियंकाले भनेकी थिइन्, ‘मेरो कामले मलाई खुशी दिलाउँछ । मलाई खुशी दिनेमा मेरो परिवार पनि हो । मलाई पार्टी तथा क्लवमा जानु भन्दा घरमै परिवारको साथमा सय विताउन मन पर्छ ।   जिवनमा मलाई ससाना कुराले खुशी दिन्छ । त्यसबाहेक मलाई फिट रहन पनि निकै मनपर्छ । फिट रहनकै लागि म हरसम्भव प्रयास गर्छु ‘।

कस्तो खानेकुरा खान्छिन् ?

प्रियंका पञ्जाबी परिवारकी हुन् । त्यसैले, उनलाई विभिन्न किसिमका खानेकुरा ट्राइ गर्न सौखिन छिन् । त्यसैले,उनी प्रायः घरमा आमाले नै बनाएको खानेकुरा खान्छिन् ।

प्रियंका नाश्तामा दुईटा अण्डाको साथमा ओटमिल र एक गिलास स्किम्ड मिल्क खान्छिन् ।

दिउँसोमा दुईवटा रोटीको साथमा दाल, तरकारी र सलाद खान्छिन् । साँझमा चिकन सैण्डवीच वा अंकुरित सलाद खान मन पराउने उनी रातीको खानामा सूप, ग्रील्ड चिकन वा माछा खान्छिन् । दिनमा आठ देखि दश गिलास पानी पिउँछिन् । शरीरको इनर्जीका लागि नरिवल पानी पिउँछिन् । हरियो सागसब्जी र ताजा फलफूल भरपूर मात्रामा खान्छिन् । प्रत्येक दुई देखि तीन घण्टाको अन्तरालमा केही न केही खान्छिन् ।

प्रियंकालाई चकलेट, केक , पेस्ट्री तथा तन्दुरी खाना मन पराउँछिन् । त्यसैले, उनी विदाको समयमा खानालाई लिएर थोरै असावधानी अपनाउँछिन् ।

सौन्दर्यका लागि के गर्छिन् ?

प्रियंकाको प्रत्येक गतिविधि मानिसले नियाली रहेका हुन्छन् । त्यस्तै, उनको सुन्दरता पनि मानिसहरुको नजरमा पर्ने गर्छ । त्यसैले, सुन्दर देखिनु प्रियंकाको पनि बाध्यता हो । तर सुन्दर देखिनकै लागि भनेर प्रियंका खासै कुनै मेकअप गर्दिनन् । बरु ससाना तरीका अपनाएर उनी विना मेकअप पनि सुन्दर देखिने कोशिश गर्छिन् । विशेषगरी, व्यस्त समयका बाबजुद उनी छाला, कपाल तथा अनुहारको राम्ररी हेरचाह गर्छिन् ।

उनी कपाललाई सुन्दर बनाउनकै लागि सातामा तीन पटक तातो तेलको मालिश गर्छिन् । उनको मान्यता छ, तातो तेलको मालिशले दिनभरको थकान कम हुन्छ ।

प्रियंका अनुहारको सुन्दरतालाई कायम राख्न नियमित रुपमा छालाको टोनिङ्ग र मोइस्चराइजिङ्ग गर्छिन् । छालालाई सुन्दर राख्न उनी दिनभर प्रश्ास्त मात्रामा पानीको सेवन गर्छिन् ।

हुन त मेकअप गर्नकै लागि प्रियंकाले मेकअप आर्टिस्टको व्यवस्था गरेका छन् । तर सामान्य दिनमा अनुहारको सुन्दरता बढाउन उनी गाजल तथा लाइनरको मात्र उपयोग गर्छिन् ।

भनिन्छ, प्रियंकाले आफूलाई सुन्दर देखाउन नाक तथा ओठको शल्यक्रिया गरेकी थिइन् । नाक र ओठको शल्यक्रिया गरिसकेपछि त्यसको हेरचाह गर्न पनि उत्तिकै आवश्यक छ । प्रियंका ओठका लागि दूधको छालीको प्रयोग गर्छिन् । उनी ओठमा रातभर उक्त छालीलाई लगाएर राख्छिन् , ताकी ओठ सुख्खा नहोस् र ओठलाई आवश्यक पोषण प्राप्त होस् । मेकअपको कुरा गर्दा प्रियंकालाई न्युड ब्राउन र पिंक शेडको मेकअप गर्न मनपर्छ ।

त्यस्तै मेकअप पश्चात्त अनुहारको छालालाई सफा राख्न तथा मेकअप हटाउन प्रियंका अर्गानिक नरिवलको तेलको प्रयोग गर्छिन् । यसको लागि उनी थोरै समयको लागि अनुहारमा नरिवलको तेल लगाएर छोड्छिन्। त्यसपछि हल्का गिलो रुमालले अनुहार विस्तारै सफा गर्छिन् । यो तरीकाद्धारा अनुहारलाई एकै पटकमा सफा, हाइड्रेट राख्न सकिन्छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार