काठमाडौं– गायक शाहिल खड्काको नयाँ गीत ‘सारीमै लाउने’ सार्वजनिक भएको छ।

आइतबार सार्वजनिक भएको गीतलाई संगीतप्रेमीहरुले निक्कै रुचाएका छन् । पछिल्लो समय भद्रगोलकी कलाकार मुन्नी  नामबाट चर्चित कलाकार  प्रिया आचार्यको अभिनय रहेको भिडियोमा  गायक खड्कालाई पनि गज्जबको अभिनय कला सहित प्रस्तुत गरिएको छ ।

शब्द संगीत पनि खड्काकै रहेको गीतमा उदयराज पौडेलको एरेन्जमेन्ट, हेमन्त कान्छा रसाइलीको सारंगी रहेको छ। भिडियोलाई दिपक  आचार्यले निर्देशन गरेका छन्।

हेर्नुहोस् भिडियो

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार