एजेन्सी । यस वर्षको मिस वर्ल्डको उपाधि जमाइकाकी सुन्दरी टोनी एन सिंहको पोल्टोमा परेको छ । मिस वर्ल्डको ६९ औं संस्करणमा १ सय २० देशका प्रतिस्पर्धीलाई उछिन्दै टोनी एन सिंहले प्रतियोगिताको शीर्ष स्थान हासिल गरेकी हुन् ।

शनिबार बेलायतको लण्डनमा आयोजित उक्त प्रतियोगितामा फ्रान्सकी ओफेली मेजिनो फर्स्ट रनर अप भइन् भने सेकेन्ड रनर अपको उपाधि भारतकी सुमन रावले जितेकी छिन् ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार