टोकियो । जापानलाई कर्म थलो बनाउँदै आएका संगितकर्मी अरमान गुरुङको शब्द,संगीत तथा स्वरमा ‘खनी यामो ए ङोलो ‘ बोलको गुरुङ भाषाको गीत सार्वजनिक भएको छ ।

गीतमा अरमान गुरुङसंगै लोकप्रिय गायीका शर्मिला गुरुङको साथमा रुपेश गुरुङ र कल्पना गुरुङको स्वर रहेको छ भने, बी.बी.अनुरागीको संगीत संयोजन रहेको छ । तत्काललाई लिरिकल भिडियोका रुपमा मात्र सार्वजनिक भएको यस गितको वास्तविक भिडियो पनि चाँडैनै सार्वजनिक गरिने बताईएको छ । साथै भिडियोमा अविषेक गुरुङ र मुस्कान गुरुङको अभिनय देख्न सकिनेछ । गीत गुरुङ भाषाको  भएता पनि भिडियोमा नेपालीमा पनि उल्था गरिएकाले गुरुङ भाषा पटक्कै नबुझ्नेहरुका लागि मनोरन्जनात्मक बनेको छ ।
हेर्नुहोस् भिडियो ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार