
“साईला बाटो पैरीएछ ।”उपल्ला घरे ठुल्दाईको आवाज़ थियो,पहिरै पहिरोमा फेरी यो थपिएछ,हल्का बयड्गे गर्दै भन्नु भयो साईला अंकलले।बेमौसमी पैरोले पनि कति दु:ख दिन्छ हगी,
ठुल्दाईले पनि सहमतीको टाउको हल्लाउनु भयो।पैरीएको बाटो त बनि हाल्छ,तर खुल्ला आकाश र सडकहरू अनि सागुरीएका मनहरू,फराकिला भएर के गर्नु फगत देखावटी हुँदा रहेछन्।सयौ डाडा र सात समुन्द्र पारी सुन्दर बाटोमा मैलीएका बिचार अमिलो बिनाको अचार जस्तै हुँदा रहेछन्,बिनास् वादका।अनायासै भाबुक बन्नु भयो साईला अंकल।साईला अंकलको कान नजीकै आएर बतासको एक सिरेटोले सुतुक्क भन्यो त पनि त “सानो”छँदा मामा घर गएर दश दिन हराएको बिर्सिस् ।“सानो”शब्दले साईला अंकललाई के भएछ कुन्नि थोरै टोलाउनु भयो ।मामा टोलाउनु भयो नि!ठुल्दाई साईला अंकललाई मामा भन्नु हुन्थो।बाबु मामा घरले बाल्यकालको याद आयो।हजुर बुवाले दिनु भएको पॉच रूपैयाको नोट ऊहॉको गाली भन्दा सुन्दर हुन्थ्यो ।
गाउमा भएको सानो किराना पसल जहॉ राम दाई मेहनतमा थोरै पसिना मिलाउएर स्वादिष्ट दुनोट बनाउनु हुन्थ्यो ।दुनोट किन्न दौडेर जॉदा डुग्गामा ढेस लागेर बुढी औला फुटेको अहिले जस्तै लाग्छ ।दुनोटको नशाले कति पटक त सानो तिनो दुखाई पनि पत्तै हुन्न थियो । साईला अंकल सम्झनु हुन्छ।
तिमीलाई त बिस्वास पनि लाग्दैन होला पॉच रूपैयामा छ सात वटा बडेमाका दुनोट पाइन्थ्यो भन्दा ।अब त तेस्ता दिन कहॉ रहेर ।थोरै मिस्सरीत स्वर थियो साईला अंकलको।धेरै दिदी भाईहरूको साईला म भन्छन् नि जेठो बाढो, कान्छो प्यारो,माईलो अनमनि,साईला काईला न एताको न उता भने जस्तै थियो मेरो पनि । आमाको मायामा पश्यपात थिएन तर साईलासंग साईनो जोड्न चाहनेहरूको भिड कमै थियो। सानै देखि घॅास काट्ने,खेत खन्ने,बस्तु भाउको हेरचाह गर्नु नै मेरो दिन चरिया हुने गर्थ्यो ।पढ्ने इच्छा त अथाह थियो अपसोच न त पाठशाला थिए न पारिवारिक स्थिति ऊहॉ सुनाउदै हुनुहुन्थ्यो। बिना कर्म घरमा सुतेर महल र स्वर्गको सपना देख्नेहरू भन्दा सायद फरक हुनुहुन्थो साईला अंकल ।उहॉलाई मेहनतले उर्जा दियो र संड्गकंल्पले साहस त्यसैले त आज उहॉ वेद देखि तमाम किताबहरू र अक्षरहरू संग साथित्व राख्नु हुन्छ ।मैले धेरै पटक सुनेको र देखेको छु जब ठुल्दाईलाई कुनै दुबिदाले सताउथ्यो तब समाधान खोज्न साईला अंकलकोमा आउने गर्नु हुन्थ्यो । यस्तो लाग्थ्यो ऊहॉसंग हरेक प्रश्नहरूका उत्तरहरू छन् ।
तथापी ठुल्दाईलाई न पढाईसंग न त काममा लगाब थियो ।बरालिनु र बिना परिणामका काम गरिनुमा मज्जा आउथ्यो सायद ।समयको अन्तरालसंगै ठुल्दाई सुरूवालको नाडा कसेर पुरानो मैलो कमिज माथि दुई साल अघि दशैमा किनेको जाकेट लगाएर सहर बस्नु हुन्छ ।बबी चप्पलमा सुरूवाल सुहाएन सुरेश दाई(ठुल्दाईको असली नाम सुरेश खड्का हो)भिम प्रसादको आवाज़ थियो।खड्का दाई भिम प्रसादको डेरामा बस्नु हुन्थ्यो सहर आए देखि ।सुरूवाल फालेर फेरफारेको लागी राख्नु भएको पाइन्ट लगाएर सहरी परिवेससंग साइनो गॉसेको दिन खड्का दाई निकै खुसी हुनुहुथ्यो ।सुरूवाती दिनहरू खड्का दाईका लागी पक्कै सहज थिएनन् ।कामको खोजीमा भौतारिदै गर्दा ऊहॉ जस्तै बेजोजगारीले सताएका तथापी राजनीतिकमा थोरै लाज पचाएका हरूसंग ठोकिन पुग्नु हुन्छ।
त्यसो त हामी सबैले बुझेका र देखेका सयौ उदाहरणहरू छन् राजनीतिमा होमिएकाहरू पढे लेखेर एजेन्डा सहित आउनेहरू भन्दा बेरोज़गारीले पैचो दिएको समयलाई अर्काको लहैलहैमा लागेर क्षमताले भन्दा पनि मुर्खताले बाजि मारेकाहरूको भिडको कहॉ कमि छ र लाजनितीमा। हजुरहरूले सोच्नु अनि पक्कै बुझ्नु भयो होला मैले किन राजनीतिको सट्टा लाजनिती लेखे? यदि मिल्थ्यो भने सरमनिती लेख्ने मन थियो ।
दिन महिना बर्षहरू बितेसंगै खड्का दाईको पनि रवाफ जवाफ आवास आवाज़ पनि फेरिन्छ ।राजनीतिमा ऊहॉको मुर्खता र कुटिलताले काम गर्न थाल्छ । ठुलो बाले भन्नु हुन्थ्यो रे यो सारै मुर्ख र धुर्त छ ड्याक्कै पन्चायत कालको निरड्कुश पंन्च जस्तै ।ठूलो भएपछि नेता बन्छ जस्तै लाग्छ यो गधा त ।
अहिले आएर ठूलो बाको गाली सत्य भएको छ ।त्यही फट्याई उही धुर्त्याई अनि सोझो अनुहार भित्रको गुन्डा गर्दी ।खड्का दाई ठूलो नेता हुनुभएको छ।समयलाई काखी च्यापेर सकुनीको जस्तै पासा फ्याक्नु हुन्छ,यस्तो लाग्छ ऊहॉलाई माछा मार्न पोखरी,खोला नै चाहिदैन । चोक चोकमा राख्नु भएका पहरेदारहरू, महलमा बसेका ठेकेदारहरू अनि गल्ली गल्लीमा भुक्ने कुकुरहरूले थाहै नपाई ऊहॉको टोकाईलाई मलम पट्टी लगाएर सहि बनाई दिन्छन् ।ठुल्दाईको राजनैतिक जेल,दाउन बिनाको सेल, बल गरेर पनि पानीमा नघोलीएको तेल,उस्तै उस्तै लाग्छन् ।भस्मासुरहरू ईसारा गर्छन् पुतनाहरू दरबार छिर्छन् ,निर्दोसहरू जालमा पर्छन् ।ऑखाले देखिएको सबै कहॉ सत्य हुन्छर? हेर्दा सोझा देखिएकाहरू गोमन,कोब्रा जस्तै फ़न निकाल्छन् ।खाल्टै पिच्छे तैनात रजौटाहरू,बेमौसमी म्याऊँ म्याऊ रूझेका बिल्लीहरू।यति पनि नबुझ्ने हामी पढे लेखेका मूर्ख र सिल्लीहरू ।
एऊटा सानो परिघटना सेयर गर्न मन लाग्यो ।बिशाल नदिको छेउमा एऊटा रूख हुने गर्थो ।एक दिन रूखबाट दुईवटा पातहरू खस्छन्।एउटा पात ठाडो गरी खस्छ र सोच्छ म नदीलाई यहि नै थुनि दिन्छु,ऊहि अर्को पात सिदा गरी खस्छ र सोच्छ म नदिको बगाब संगै बगेर हेर्छु ।जो समयसंग साझेदारी गर्छ ऊहि गन्तब्यमा पुग्छ र कालान्तर सम्म अमर हुन्छ ।
हामी सजिलै भन्ने गर्छौ समय फेरिएको छ । समय त ऊहि सेकेन्ड मिनेट घन्टा दिन हुदै हिजो पनि चलिरहेको थियो आज पनि चलिरहेको छ।केहि फेरिएको छ त ऊहि अनपढ ठुल्दाईहरू,हिजो राजनितीका नाममा मान्छे काट्नेहरू,जनतालाई राजा बनाई दिन्छु भनेर ढाट्नेहरू ।आमा दिदीका चोली च्यातेर योग्य र दक्षहरूको मुख आख़िर कहिले सम्म थुन्छौ ए लाजनितीका ठेकेदारहरू ।
ठुल्दाई देश हाक्ने हुनु भएको छ ।भिम प्रसाद कुर्सी ताक्ने।बुर्चेहरू बुरूक् बुरूक् गर्दै ,डाक्टरहरू फोहोर सोर्दै ।डाक्टर साब फोहोरमा नुन त भेटिएला तर सुन ?? लड़ाई गर्ने कौसलता हिसाब र किताबमा हैन मैदानमा सिक्नुस् ।यदि मैदान नै टेडो मेडो लाग्छ भने दराजबाट महाभारत झिक्नुस् । महाभारत नै निकाले पछि केहि त सिक्नुस्,लडाई जित्नको लागि पनि सत्यता चाहिन्छ ।ए तमाम लाजनिती कर्मी हो अब त सत्यता को नारा लगाऊ।नेता हुन पहिला देश अनि जनता चाहिन्छ ।
आख़िर राजनीति न हो, खड्का दाईले ज्यानै दिन तयार थोरै पढेलेखेका मुर्खहरू पाउनु भयो ।खेलै खेलमा सेरको खोल ओडेका बिल्लीहरूको गुफामा धेरै पटक धाउनु भयो ।तेसो त गुफा,ओडीर,खोल पनि त उहॉले नै दान गर्नु भएको हो क्यार! यो सत्ता,शक्ति मोह पनि क्यान्सर जस्तै हुदो रहेछ ।त्याग,बलिदान,समर्पण,इज़्ज़त सबैलाई बिस्तारै गलित बनाउदै हसि र गालिको पात्र बनाउदो रहेछ। अन्तत क्यासरले ज्यान लिन्छ,यो खेलले ज्यान त दिन्छ तर रस निकालेको ऊखु जस्तो, चामल निकालेको भुस जस्तो ।
खड्का दाईको खड्किएको लाजनितीमा भिम प्रसादको चाखे परेको छ ।खालको खाटै भॉचिने बडेमाका ठौका भएकाहरू,लाज सरम पचाएर पछाडि बाट माओ भएकाहरू अब नयॉ खेल खेलाउन तम् तयार छन् हनुमानहरूको साथमा । तिमीहरूको हरेक दाउ चिनेर पनि बिवस छौ मुक दर्शक भएर हेर्न किनकी हामी राजनीति जान्दछौ लाजनिती होइन ।
तिमीहरूको पहिलो दाउ जाति र जनजाति :-जातिका नाममा हजारौ आमाका काखहरू रित्तीए ।देशले होनाहार सयौ युवा शक्ति गुमायो ।हामी पहिला पनि एक थियौ र अहिले पनी नेपाली जाति।दोस्रो दाउ प्रदेश :-पुर्खाले लडेर लडेर बचाई दिएको यो सानो अनि प्यारो देश,तिमीहरूले थाल काटि मजुरा भने जस्तै प्रदेश र बिकासको नाममा चोरेर,ठगेर खाने थलो बनायौ।क्षणिक स्वार्थ पुरा गर्न,भस्मासुरहरूको घैलो भर्न।तेस्रो दाउ एकता र गुठबन्दीकोखेल :-सत्ता मोह र शक्तिको लालसाले थलिएको देश बिकास ।हे सिप बिनाका ठेकेदारहरू हो सत्ता मोहले देश सकिन्छ ।महाभारत पल्टाएर हेर ।पढ्न आउदैन भने भिडियो हेर्दा हुन्छ। चौथो दाउ :-देश र जनताको भाऊ लगाऊ,चपाउने दॉत नभए पनि गिजाले चपाउ ।याद राख राम्रो संग नचपाएको चिजले पेट खराब गर्छ।यो पनि याद ग़र मौसम अनुसार रूखका पातहरू पनि झर्छ ।नयॉ पालुवाले उमंग लिएर आउछ।युवा शक्तिले बिकास र सम्बृधिको जंग लिएर आउँछ ।
हेर्नुस् न जनावरहरू पनि शक्तिका लागि जंगली लडाई लड्छन् तर जब सिकार र सिनुको कुरा आउँछ यिनीहरूको भित्री र बाहिरी सह कार्य प्रशंसा गर्ने लायकको हुन्छ ।पहिल्यै अघाई सकेका अनि अहिले भुडी फुट्ने गरी खाएका अजिड्गरहरू बिलबाट बाहिर निस्किदै छन्।भोका ब्वासाहरू त्यहि बिल भित्र सुसु सुसु गर्दै हड्डी पन्छाउँदै नयॉ बाटो खोज्दै छन् अघाउन,ठुलेहरूलाई सघाउन ।
भिम प्रसादको च्यातिन लागेको बबी चप्पल अग्लिएको छ ।पढे लेखेका मुर्खहरूले चुडिएको तुना र प्वाल परेको सोल फेरी दिएका छन् ।तिमीहरूको गिद्दे लडाई कदाचित न पहिले जनताको लागी थियो न अहिले ।च्यातिएको आमाको चोली, पाकेका घाउँहरू नदेख्ने पट्टी बॉधिएका तिम्रा ऑखाहरू खोल्ने बेला भएको छ ए लाजनितीका ठेकेदारहरू हो ।
यिनीहरूको पासा र चालसंग अनबिघ्य हुनुहुन्थ्यो साईला अंकल उज्जलसंग भेट्नु भन्दा पहिले । कुरी रहनु भएको थियो आफ्ना बिकासका खाकाहरू देखाउन र बुझाउन ।अब उहॉको बिस्वास टुटी सकेको छ।हिजोका खड्का,भिम प्रसाद,कमली, राम्जी,गोकुले र टेकेहरू बदलीएका छन् ।तर अफसोच खाली उमेरले ।साईला अंकलको धैर्यताको बॉध फुटेको छ।उहॉ सम्झाउन चाहानु हुन्छ उस तमाम नेताहरूलाई र उसलाई जो कुनै बेला ऊहॉको विद्यार्थी हुने गर्थ्यो ।
तिमीले सफा गर्नु थियो बाटो
उर्बर बनाउनु पर्ने थियो माटो
उखाल्नु पर्थ्यो थियो जरै बाट गन्दे झारहरू
सुरू हुनु पर्ने थियो बन्द व्यापारहरू
अपसोच भाषणमा सिमीत नितीहरू
बिकासमा तोकिएका मितीहरू
बाटाहरू,गाडिबाट झरेर हेर
जस्ताका तेस्तै छन् झुपडीहरू
कहिले काही गएर हेर
तिमीलाई कुर्सीमा बसाउन
नड्गमा लगाएको कालो अझै
जस्तको तस्तै छ बुढी औलामा
गॉउमा आउदा तिमीले राख्न दिएको
सपनाको पर्ची अझै छ झोलामा
तर खै त सानो राजा
एउटा राजा फालेर सयौ राजा बनायौ
बिकास गर्छु भनेर हजारौ डॉडा खनायौ
त्यहि माटोले पुरीएर मरेको कुकुर भन्दा
धेरै बढि तिमी गनीयौ ।
तिमीले त महलहरू ढड्यायौ रे शहरमा
त्यही पुरानो तुईन अझै गॉउको खोलामा?
दशैमा मुस्किलले पाएको पायल चप्पल
बाड्गीएका तिम्रा खुट्टाहरू
हिलो माथि ओछ्याइएको रातो कार्पेट
चालमा चाल मिलाउने गोडाहरू
सामन्ति,चोर डॉकाहरूका घोडाहरू
चरीकोट जाउँ या तराई झर
बदलिएर,फेरीएर आऊँ नत्र
उतै तिर मर!!!!!
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




