गायिका शिवा के.सी. र नव गायक गोकुल सापकोटाको पञ्चेबाजाको गीत “तालै राम्रो पञ्चेबाजा” सार्वजनिक भएको छ ।

जापानमा रहेर गीत संगीतको क्षेत्रमा सक्रिय गायिका शिवा केसी र जापानमै रहेका नव गायक गोकुल सापकोटाको आवाजमा रहेको पञ्चेबाजाको गीतको शब्द लेखन विष्णु न्यौपाने र अर्जुन सुवेदीको रहेको छ। अत्यन्तै सफल संगीत संयोजक सागर विरहीको रहेको भिडियोको निर्देशन राजु अर्याल, छायाँकन हरिश महरा तथा नबिन घर्ति मगरको सम्पादन रहेको छ ।

पञ्चेबाजाको मुख्य फिचरिङ्गमा विमल अधिकारी,अस्मिता राना,रिहन शकर,रोसिन्दा अधिकारी,अर्जुन क्षेत्री र अन्जु न्यौपानेलाई देख्न सकिन्छ । बिहेमा साली र भेनाको भाव झल्किने पञ्चेबाजा रेवान्स् शिवा म्युजिक(Revans shiva music) युट्युब च्यानलबाट बजारमा आएको छ । यस्तो छ पूर्ण भिडियो-

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार