काठमाडौं । एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरण अन्तर्गत समूह ए को पहिलो खेलमा नेपाल जोर्डनसँग २–० ले पराजित भएको छ । पहिलो हाफमा जोर्डनलाई रोकेको नेपालले दोस्रो हाफमा रोक्न नसक्दा पराजित हुन पुग्यो ।
कुवेतस्थित जबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले गोलरक्षक दीप कार्की र डिफेन्डर विकास तामाङलाई डेब्यु दिएका थिए । पहिलो हाफमा गोलरक्षक दीपले पेनाल्टी जोगाएका थिए । तर दोस्रो हाफमा जोर्डनले गोल गर्दै सहज जित हासिल गर्यो ।
पहिलो हाफको अन्त्यतिर गौतम श्रेष्ठले जोर्डनका मोहमद फैसललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि जोर्डनले पेनाल्टी पाएको थियो । तर डेब्यु गरिरहेका गोलरक्षक दीपले मुसा मोहमद सुलेमानको प्रहार बचाउ गर्दै नेपाललाई खेलमा कायम राखे । उनले आफ्नो बायाँतर्फ डाइभ दिँदै बललाई पोस्टको दिशा दिएका थिए । उक्त प्रहार दीपको हातमा लाग्दै पोस्टमा लागेर क्लियर भएको थियो ।
६९औं मिनेटमा जोर्डनले सुरुवाती अग्रता लियो । अलि ओल्वानले सुन्दर फिनिस गर्दै जोर्डनलाई अघि बढाएका थिए । नेपालको डिफेन्स लाइन सुन्दर पासमा बिट भएपछि उनले पेनाल्टी क्षेत्र भित्रबाट सुन्दर फिनिस गरेका थिए ।
८२ औं मिनेटमा जोर्डनले खेलको दोस्रो पेनाल्टी पायो । सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि जोर्डनले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । हम्जा अल दार्दरले पेनाल्टी प्रहारमा गोलरक्षक दीपलाई विपरित दिशामा पठाउँदै अग्रता दोब्बर पारे ।
यसअघि समूह ए को पहिलो खेलमा इन्डोनेसियाले कुवेतलाई २१ ले स्तब्ध पारेको थियो । यस नतिजासँगै नेपाल अंक तालिकाको पुछारमा रहेको छ । तेस्रो चरणको छनोटबाट हरेक समूहको शीर्ष टोली एसियन कपमा छनोट हुनेछ । त्यस्तै उत्कृष्ट ५ दोस्रो हुने टोलीले पनि सन् २०२३ मा चीनमा हुने मुख्य प्रतियोगितामा स्थान बनाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




