कतार । पोल्याण्डमाथि २–० काे सहज जित निकाल्दै उपाधि दावेदार अर्जेन्टिना आफ्नो समूहबाट शीर्ष स्थानमा रहेर फिफा विश्वकप कतार २०२२ काे अन्तिम १६ मा प्रवेश गरेको छ ।

साउदी अरेबियासँग पहिलो खेलमै स्तब्ध बनेपछि दवावमा आएको अर्जेन्टिनाले त्यसयता दुवै खेलमा जित निकालेर नकआउट चरणमा स्थान बनाएकाे हाे । पराजयका बाबजुद पोल्याण्ड पनि समूह उपविजेताका रुपमा अन्तिम १६ मा पुगेको छ । समूह सी मा समान ४ अंक भए पनि पोल्याण्डले मेक्सिकोलाई गोलअन्तरमा पछि पारेको हो ।

२-० को अग्रता बनाएको मेक्सिकोले साउदी अरेबियासँग अन्तिम मिनेटमा गोल खानुअघि यो समूहबाट नकआउट चरणमा पुग्ने दोस्रो टोलीको टुंगो फिफा फेयर प्लेको आधारमा हुने तय थियो । त्यसो हुँदा पनि समूहका तीन खेलमा कम पहेँलो कार्ड पाएको पोल्याण्ड नै छनोट हुँदै थियो ।

दोस्रो हाफमा ब्राइटनका एलेक्सिस म्याक अलिस्टर र म्यानचेस्टर सिटीका जुलियर अल्भारेजले गरेको गोलले अर्जेन्टिनालाई जित दिलाए । पहिलो हाफमा कप्तान लिओनेल मेस्सीले पेनाल्टी चुकाउँदा पहिलो हाफको खेल गोलरहित रहेको थियो । ६८ औं मिनेटमा जुलियन अल्भारेजले अर्जेन्टिनाको अग्रता दोब्बर पार्दै जित दिलाए ।

मेक्सिकोले साउदी अरेबियालाई २-१ ले पराजित गरेपनि नकआउट चरणमा स्थान बनाउन सकेन । यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।

एक समय पहेंलो कार्डमा समूहको दोस्रो र तेस्रो स्थानको छिनोफानो गर्ने अवस्था रहेको थियो । तर इन्ज्युरी समयको अन्त्यतिर मेक्सिकोले गोल खाएपछि पोल्यान्ड त्यहि गोलको सहायताले गोलअन्तरमा अघि रहँदै नकआउट चरणमा स्थान बनाउन सफल रहयो । यदि मेक्सिकोले अन्तिम समय गोल थपेको भए पोल्यान्ड बाहिरिने थियो ।

यस समूहमा अर्जेन्टिना ३ खेलमा २ जित र १ हारसहित ६ अंकका साथ शीर्षस्थानमा रहयो । मेक्सिको र पोल्यान्डले समान ४-४ अंक जोडे । तर पोल्यान्ड (०) को गोलअन्तर मेक्सिको (-१) भन्दा राम्रो हुँदा गोल अन्तरमा पोल्यान्ड अघि रहयो । साउदी अरेबिया ३ अंकसहित पुछारमा रहयो ।

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार