२५ कात्तिक, ललितपुर । दल र तिनका कार्यकर्ताले पटक पटक आग्रह गर्दासमेत मंगलबजारकी सरिता महर्जनले आफ्नो घरमा कुनै पनि राजनीतिक दलको झण्डा राख्न मानेकी छैनन् ।
घरमा झण्डा राख्न मात्रै होइन, भोट हाल्नसमेत उनले पानी उपलब्ध गराउनुपर्ने सर्त राखेकी छन् । जुन दल र उम्मेदवारले पानी सहज रुपमा उपलब्ध गराउने विश्वास दिलाउन सक्छ, उसैलाई मत दिने उनी बताउँछिन् ।
यसअघि पनि चुनावमा भोट माग्दा पानी सजिलै उपलब्ध गराउने भनेर वचन दिएका उम्मेदवार जितेपछि कहिल्यै नआएको उनी बताउँछिन् ।
आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा पाटनका स्थानीयवासीले उम्मेदवारसँग पानी माग्न थालेका छन् । पाटनका आधा भाग क्षेत्र नं २ र आधा क्षेत्र नं ३ मा पर्छ । यस क्षेत्रका बासिन्दाले लामो समयदेखि पानीको अभाव भोगिरहेका छन् । अघिल्ला निर्वाचनमा समेत स्थानीयवासीले घरदैलोमा आइपुगेका उम्मेदवारसँग पानी माग गरेका थिए । उम्मेदवारले पानीको समस्या समाधान गर्ने प्रतिबद्धता दिए पनि पूरा गर्न सकेका छैनन् ।
नेपाली काँग्रेसका तर्फबाट क्षेत्र नं ३ का उम्मेदवार मदनबहादुर अमात्य मतदातासम्म पुग्दा सबैभन्दा बढी पानीको समस्या राख्ने गरेको बताउँछन्
नगरको भित्रि भागमा मात्रै होइन अहिले बनेका नयाँ नगरपालिकामा समेत पानीको समस्या छ । नगरको विकास र सम्पदाको संरक्षण र आर्थिक समृद्धि आफ्नो निर्वाचन एजेण्डा भएको उनले बताए । नगरको व्यवस्थापनका लागि महानगरपालिकासँगको समन्वयमा काम गर्ने उनको योजना छ ।
नेकपा (एमाले) का तर्फबाट क्षेत्र नं २ को प्रदेश (क) का उम्मेदवार माधव पौडेल नगरका भित्रि भागसँगै इमाडोललगायत बस्ती विस्तार भएका स्थानमा खानेपानीको समस्या भएको बताउँछन् । अल्पकालीन रुपमा मेलम्चीलाई नगरभन्दा बाहिरसम्म विस्तार गरेर खानेपानीको समस्या तत्कालका लागि समाधान गर्न सकिन्छ ।
लामाटारबाट काभ्रेसम्म राष्ट्रिय राजमार्ग विकास गर्दा पानीको समेत समस्या दीर्घकालीन रुपमा नै हल हुनसक्छ । रोशी खोला र सुनकोशी खोलबाट पानी ल्याएर दीर्घकालीन समस्या समाधान गर्न आफू लाग्ने बताउँछन् ।
विवेकशील साझा पार्टीका उम्मेदवार अमीरराज महर्जन वितरण प्रणालीमा सुधार गरेर खानेपानी सहजरुपमा उपलब्ध गराउने प्रतिबद्धता लिएर मतदातासम्म जाँदै छन् । उनी भन्छन्, ‘सबै पक्ष समझदारी गरेर यो समस्याको स्थायी समाधान खोज्न लाग्नुपर्छ ।’ मेरो ठाउँमा मैले नै केही गर्नुपर्छ भन्ने भावना मतदातामा विकास गर्ने विवेकशील साझा पार्टीको योजना छ ।
ललितपुरमा कुल मतदाता दुई लाख २८ हजार ३३९ रहेको छ । तीमध्ये क्षेत्र नं १ मा ६५ हजार ९१८, क्षेत्रमा नं २ मा ७५ हजार ९८१ र क्षेत्र नं ३ मा ८६ हजार ४४० मतदाता रहेका छन् । १३१ वटा मतदानस्थलमा २७७ वटा मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




