टोकियो/जापान। माई नम्बर कार्ड र स्वास्थ्य बीमा कार्डलाई एकिकृत गरिएको ‘माइना होकेन्स्यो कार्ड’ को प्रयोगलाई प्रवर्द्धन गर्न सरकारले आज २ तारिखदेखि नयाँ स्वास्थ्य बीमा कार्ड जारी गर्न बन्द गर्ने भएको छ ।

यदि तपाईले अझै माईना होकेन्स्यो बनाउनुभएको छैन र तपाईको ईन्स्योरेन्स कार्डमा डेट छ भने हालको यो कार्ड एक वर्षसम्म प्रयोग गर्न जारी राख्न सक्नुहुनेछ। साथै सरकारले माईना होकेन्स्यो नभएका
व्यक्तिहरूलाई होकेन्स्योको प्रतिस्थापन “योग्यता पुष्टिकरण”कार्ड उपलब्ध गराउनेछ। जसले हालको होकेन्स्योकै काम गर्नेछ। सरकारले छिटोभन्दा छिटो सबै नागरिकलाई माईनाहोकेन प्रणालीमा समावेश गराउने लक्ष राखेले जनचेतना तथा आवश्यक प्रकृयालाई तिब्ररुपमा प्रद्धन गरिरहेको छ।

सरकारले आजबाट नयाँ होकेन्स्यो कार्ड जारी गर्न बन्द गरेको छ। यसले धेरै मानिसहरुलाई अन्योलता समेत सिर्जना गरिरहेको छ। यद्यपी,सरकारले यसलाई व्यवस्थापन गर्न आवश्यक कदम चालिसकेको बताईएको छ।

तपाईले माईनाहोकेनस्यो(マイナー保険証) बनाउनु भयो त ? डिसेम्बर २ तारिखबाट जापान माईनाहोकेन प्रणालीमा जानेछ

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार