?
जापानी महिलाहरुको आकर्षक र मुलायम छालाको रहस्य जुन वर्षौ देखि लुकेको थियो । त्यो हो चामल, जुन हामिले दैनिक रुपले खाने गर्छौ । हो, हामिले आफ्नो भान्सामा नै बसेर खाना बनाउदै आफ्नो छालालाई सुन्दर र मुलायम बनाउन सक्छौ । न त कुनै पार्लर नै धाउनु पर्ने छ,न त कुनै ब्युटी किल्निक नै , चामलको तेल,चामलको पाउडर र चामलको झोल अर्थात माडबाट हामि आफ्नो छालालाई मुलायम, अनुहारको दाग धब्बा हटाउन,छालालाई चम्किलो पारि छालामा परिवर्तन ल्याउन सक्नुहुन्छ ।
साथै चामल हामिले आफ्नो आहारको रुपमा खान्छौ र एन्टिओक्सिडेंट शक्ति प्राप्त गर्छौ । चामलमा लिनोलिक एसिड र स्क्वलीन हुन्छ । जुन एक शक्तिशाली एन्टिअक्सिडेंट हो।जसले छालामा कोलेजन उत्पादन गर्ने काम गर्दछ । यसले मुहारमा हुने चाउरीपना हटाउन मद्दत गर्नुका साथै यसले घामबाट पनि छालालाई सुरक्षित राख्दछ। त्यस्तै चामलमा हुने ‘भिटामिन ई’ र ‘गामा ओरिजिनल’ ले मुटुलाई समेत स्वस्थ राख्नुको साथै हाम्रो शरीरको कोलिस्ट्रोल समेत कम गर्न सहयोग गर्छ । चामल पाईने यस्तो खालको बिशेषताको ज्ञान पहिले देखिनै जापानीहरुलाई मात्र थियो। त्यसैले उनीहरु यसको प्रयोग गर्थे। सामान्यतया जापानिज महिलाहरुको भएको उमेरभन्दा कम उमेरको देखिनुको रहस्य यसको प्रयोग रहेको पनि एउटा अध्ययनबाट खुल्न आएको छ। चामलमा विभिन्न खालका अविश्वसनिय शक्ति पईन्छं, जसले छालाले नयाँप, मुलायम र सुन्दरता ल्याइदिन्छ।
आउनुहोस् अब, हामिले तपाईलाई चामलको त्यस्तो फेस प्याक बनाउन सिकाउछौँ जसले तपाईको छालाको चाउरीपना हटाउने देखि लिएर एक चमक ल्याइदिन्छ । आवश्यक सामाग्रीहरु ३ चम्चा चामल १ चम्चा दुध १ चम्चा मह सर्वप्रथम चामललाई उसिन्ने र उसिनेको चामलबाट रस अर्थात माडलाई फ्याक्ने र चामलमा १ चम्चा दुध मिसाउने अनि राम्ररी घोल्ने, घोलिसकेपछी त्यसमा मह मिसाउने, फेस राम्ररी सफा गरेर सुख्खा कपडाले पुछ्ने अनि तयार पारेको फेस प्याक लगाउने सो प्याक सुकेपछि अघि निकालेको चामलको रसले मुख धुने, चामलको पानीमा एन्टिअक्सिडेंट हुने हुदा उमेर अनुसारको चाउरीपन हटाउने र छाला मुलायम पार्ने कम गर्दछ। यसले रक्तसंचार प्रणालीमा राम्रो सुधार ल्याउछ। यदि हजुरले यी बिधिहरु सहि रुपले अपनाउनु भयो भने यसले तपाईलाई साच्चिकै १० वर्ष कम उमेर जस्तो मुहार बनाउनुको साथै घामको किरणबाट पनि जोगाउदछ । तपाईले आफुलाई साच्चै १० वर्ष कम देख्न चाहानुहुन्छ भने यो बिधि हप्तामा, कम्तिमा पनि एक पटक अनिवार्य गर्ने पर्ने हुन्छ ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- नेपाल हाउस जग्गा विवादमा मध्यममार्ग खोजिँदै, नोभेम्बर १५ मा संयुक्त बैठक आह्वान
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु




