काठमाडौँ । प्रतिविम्ब ओपन स्काउट क्र्यूले आज प्रथम स्काउट दिक्षान्त समारोह सम्पन्न गरेको छ । क्र्यूमार्फत १८ जना रेञ्जर स्काउट र ८ जना रोभर स्काउट दिक्षित भएका हुन् ।
क्र्यूका अध्यक्ष श्याम लामाको अध्यक्षतामा सम्पन्न दिक्षान्त समारोहमा जिल्ला स्काउट कार्यालय काठमाडौँका जिल्ला समन्वय आयुक्त शिवराम अर्यालले दल समितिलाई स्काउट प्रतिज्ञा गराई स्कार्फ प्रदान गरेका थिए । त्यसैगरी रोभर स्काउटहरुलाई रोभर लिडर छोइसाङ्ग तामांग र रेज्नर स्काउटहरुलाई ज्ञानी रसाइलीले दिक्षा दिएका थिए ।
नयाँबजार स्थित ह्वाइट फिल्ड स्कुलमा सम्पन्न दिक्षान्त कार्यक्रममा बोल्दै प्रमुख अतिथि अर्यालले काठमाडौँ जिल्लामा नयाँ क्र्यू संचालन भएकोमा खुशी व्यक्त गर्दै आफुले भरपुर सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।
बोल्ने क्रममा जिल्ला कार्यक्रम आयुक्त सुरज खनालले क्र्यू शुरु हुनु आफैमा ठुलो भए पनि निरन्तरता अझ ठुलो कुरो भएको भन्दै निरन्तरताको शुभकामना ब्यक्त गरे ।
त्यसैगरि सहायक राष्ट्रिय प्रशिक्षक राजिव खत्री र शम्भुराज शर्माले पनि क्र्यूको विकास र निरन्तरताको शुभकामना व्यक्त गरे ।
यस प्रतिविम्ब स्काउट क्र्यूसंगै काठमाडौँ जिल्ला जिल्लामा २३ क्र्यू संचालनमा रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




