
सतिश र शर्मिलाको भर्खर विबाह भएको थियो । हुन त उनीहरुको अन्तरजातीय विवाह भएको बो । सतिश कर्मचारी संचय कोषमा काम गर्न धरान गएका थिए ।उनले शर्मिलालाई धरान मै आफ्नो साथीको विवाहको भोजमा भेटेका थिए । सतिशले शर्मिलालाई एक नजरमा नै मन पराएर साथिको ममीलालाई भन्न लगाएर मागी बिवाह गरेका थिए । उनीहरुको जोडी यति मिलेको थियो हिरो र हिरोइनको जस्तो । देख्ने जो कोहि मान्छे पनि लोभीइन बाध्य हुन्थे । बिस्तारै सतिशको काम धरानबाट सकिन लाग्यो र उनीहरु सदाको लागि काठमाडौँ फिर्ता जान लागे । शर्मिलाको मनमा भने अनेक तरहका डरहरु जन्मिन लागे । शर्मिला क्षत्री परिवार कि थिईन , शतिश भने काठमाडौँका टिपिकल नेवार समुदायका । तर बिवाह हुनु अघि नै शर्मिलालाई परिवारबाट अलग्ग डेरा लिएर राख्ने बाचा गरका थिए ।
त्यसै अनुसार उनीहरु थापाथलीमा डेरा गरेर बस्न थाले । बाटोमा हिड्ने जो पनि शर्मिलालाई देखे पछि एक चोटी फर्केर नहेर्ने कोहि थिएन । सतिश आफुलाई निक्कै भाग्यमानी सम्झन्थे। तर कहिले कहीं उनलाई ति मान्छेहरु देखि रिस पनि उठ्थ्यो । सतिश शर्मिलाको पहिलो सन्तानले जन्म लिए भयो । बिस्तारै शर्मिलालाई घरको काम गर्न गाह्रो हुन लाग्यो । उनले शतिशलाई घरको काममा सघाउन अनुरोध गर्न लागिन । मायाँ त सतिश उनकी श्रीमतीलाइ निक्कै गर्थे तर घरको काम काजमा भने पटक्कै नसघाउने । बिस्तारै शर्मिलाको बच्चा जन्मिने महिना लाग्यो । शर्मिलालाइ उठ्न बस्न पनि गाह्रो हुन लाग्यो । शर्मिला भने मन मनमा घरको सबै काममा सतिशले शहयोग गरे हुने भनठान्थिन । तर मुखले केहि पनि भन्न सकेकी थिईनन र भनेकी थिईनन पनि ।नेपाली परम्परामा केटालाई घरको काम गर्न हुन्न भन्ने भान परेको थिय। एक दिन शर्मिलालाई ज्वरो आयो । सतिशले जसो तसो गरेर एक कप चिया र ब्रेड बनाएर खुवाए । दुई तिन दिन यसरि नै बित्यो । अब शर्मिलालाई होस्पितल भर्ना हुनु पर्ने भयो । तालिका अनुशार नै सतिश र शर्मिलाको पहिलो बच्चाले जन्म लियो । शर्मिलालाइ अबस्य पनि घरको काम काजमा शहयोग गर्न एउटी महिला राखिएको थियो । उनीहरुको प्रेम बिबाह भएकोले सतिशको परिवारसंग शर्मिला घुलमिल हुन् सकिनन् । उनि सुत्केरी बस्न बच्चा पाएको १५ दिन मै धरान जाने भईन । उनि धरान गएको केहि दिनमा सतिशको चालचलन फरक पर्दै गयो उनलाई खाना पकाउन पटक्कै मन नलाग्ने उनि अति निच व्यक्ति निस्के उनको लसपस त्यहि शर्मिलालाई सुत्केरी स्याहार्न आएकी जवान केटिसंग सुरु भएछ। त्यो केटि पनि काठमाडौँमा पढ्न बसेकी, काठमाडौँ को हाइफाई जीवन, साथीहरुसंग घुम्न खान जानै पर्ने। सतिशले कोहि नभएको मौका छोपी कर गर्दै म्यादम धरान गएकी छिन, मलाई खान पकाउन आउदैन कहिले के बनाइदेउ भन्ने कहिले कलिकती लुगा धुन सघाइदेउ भन्ने। काम सघाइदेउ तिमीलाई अलि पैसा दिई हाल्छु नि भन्दै फकाई फकाई काम गर्न बोलाएर बिस्तारै बिस्तारै शारीरिक सम्बन्ध समेत राख्न कर गर्न थालेछ । उता शर्मिला तीन महिना सुत्केरी बसेर काठमाडौँ फर्किने भईन । वरिपरि छिमेकमा सतिशको क्यारेक्टरको बारेमा नराम्रो कुरा चल्न थाल्यो ।
एक कान दुई कान गर्दै यो कुरा शर्मिलाको कानमा समेत पर्यो । तर सतिश, शर्मिलाको अगाडी यति एक्कटिङ्ग गर्ने कि, शर्मिलालाई गाउँलेको कुरा बिश्वास गरौँ कि सतिशको कुरा बिस्वास गरौँ , निर्णय गर्न एकदम गाह्रो पर्यो । दुइचार दिन कुरा यतिकै टल्न मात्र आँटेको थियो । त्यहि सुत्केरीलाई तेल लगाउन आएकी केटी पेट बोकें र यो बच्चा तपाईंको नै हो भन्दै रुँदै, कराउदै आइपुगी । शर्मिला त बेहोश नै हुन लागिन: टाउको रिङ्गटाले चकरायो, भाउन्न होला जस्तो भयो वाकवाकी लाग्यो के गरौँ कसो गरौँ सोच्न नै सकिनन् । रुँदा रुँदै साह्रै कम्जोर बनिन । तीन दिन पछि होस् सम्ह्लाल्दै आफ्नो मोम्म्य्लाई फोन गरेरसबै कुरा बताइन । उनका माइती पक्षले शर्मिलालाई दिन लगाए र शर्मिला छोरा लिएर धरान फर्कियीन ।सतिश पहिला त त्यहि तेल लगाउन आएकी केटि संगै बस्दै थिए। तर दुईचार वर्षपछि तेरो र मेरो लेवल मिल्दैन भन्ने झगडा गर्ने, पिट्ने, बच्चा कै आगाडी मुख छाड्ने गरेर, त्यो केटि पनि बस्न नसकेर दिवोर्स गरेर गईन सम्पति पनि दुइटी श्रीमतीले लिएर गए। अहिले वाकी बहिनि जवाइनको घरको तल्लो तलामा डेरा लिएर बसेको छ रे। अझै कुन्नि को को लाई हो फकाँउदै छ रे, लेबल मिलाएर बिहा गर्नलाई यता र उता भौतारिँदै छ रे ।
लेखक
ग्रिष्मा पौड्याल
टोक्यो
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित




