समिता केसी
समृद्ध र विकसित राष्ट्र निमार्णको वेग्रगतीमा सरकार लागि रहेको बताउछ । सभ्य समाज निमार्णको लागि राज्य र आम नागरिकहरुमा उत्साहको नदि सुसाउदै बगि रहेको छ ।
तर दुःखका साथ भन्नुपर्छ । बोक्सीको आरोपमा नारीले हिँसाको भारी रुँदै रुँदै बोकिरहनु परेको छ । एउटा नारी बोक्सी बन्छ र पूरा समाज दर्शक बनेर तालि ठोक्छ । हामी यता सुन्दर देश र समृद्धिको जोशिलो नारा लगाउँदै जिन्दावाद भन्छौं ।
अर्कोतर्फ जिम्मेवार पदमा पुगेको मानिसले राष्ट्रिय जनावर गाई काटेर खान पाउने कानून बनाउनु पर्छ भन्छन् । हिन्दु धर्मावालम्भिहरुको आस्था र आमाको मानकले सम्मान गरिने राष्ट्रिय जनावरको बारेमा यति घृणित र अपराधजन्य अभिव्यक्ति दिनु कहाँसम्मको हर्कत हो ?
हामीले मासु खाएर मात्रै स्वस्थ र फुर्तिलो भईन्छ भन्ने मान्यता हटाउनु पर्छ । जनावर माथि भईरहेका हिँसालाई अन्त्य गर्दै जनावरको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्नुपर्छ ।
केही मानिसको दवाफ र केही उग्र मानिसको आडमा गाई काटेर खान पाउनु पर्छ भन्ने खालका अभिव्यक्ति राज्यले स्विकार गर्नु हुँदैन । यस्ता अपराधजन्य अभिव्यक्ति दिनेहरुलाई तत्काल कारबाहि गर्नुपर्छ । लोकतन्त्र यति नाङ्गो भएको हेर्ने रहर कसैलाई छैन् । लोकतन्त्रमा जे मन लाग्यो त्यही गर्न पनि छुट हुँदैन ।
लोकतन्त्र अनुशासनरहित भयो भने यस्ता हिँसाका दुखत घटनाहरु घटिरहेन छन् । यस्ता घटनाहरुमा संलग्न मान्छेको अनुहार मान्छेको जस्तै भएपनि व्यबहार पशुको जस्तो भएको खण्डमा यस्ता अमानविय हृश्यहरु देख्न र भोग्न पाईन्छ ।
नारा र कानूनको किताबमा समृद्धि र सुशासन लेखर मात्रै हुँदैन । अधिकारहरु व्यवहारमा उर्तान सक्नुपर्छ । श्वेत कागजमा सिमित अधिकार र कर्तव्यको मूल्य रहँदैन । मैले चिनेकै व्यक्ति वा मैले सम्मान गर्ने व्यक्ति जो उहाँ सांसद हुनुहुन्छ ।
धर्म निरपेक्षताको गलत बुझाईमा तपाई जस्तो व्यक्तिले जन बिरोधी र राष्ट्रीय जनावरको अपमान गर्ने गरि किन अभिव्यक्ति दिनु भएको होला ? हाम्रो गाउँघरमा त गाईको गोबरले चुलो चौको पोत्ने गरिन्छ ।
पवित्रताको प्रतिकको रुपमा लिने गरिन्छ । यतिसम्म पनि थाह नभएका सांसदहरु बनेका छन् भन्ने मलाई लागेको थिएन । कता कता यस्तो लाग्न थालेको छ समानुपातिक प्राणालीले अयोग्य प्रतिनिधिको छनोट गर्यो । अनि शूरु भयो अनेक नाटक मञ्चन ।
कहाँसम्म पुुग्दा संस्कृति हुन्छ । कतासम्मको सिमा नाघे विकृति हुन्छ ? त्यसको बारेमा हामीले सोचेनौ भने कसरी देश समृद्ध र सुन्दर समाज निमार्ण हुन्छ । विश्व आफ्नो संस्कार र सँस्कृतिको जर्गेना गर्नको लागि कम्मर कसेर लागि रहेको छ ।
तर हामीले आफ्ना महत्वहरुलाई संरक्षण गर्नुको साटो भत्काईरहेका छौँ । हाम्रो दायित्व हामीले नै थाह पाएनौं भने कसले बताई दिन्छ ?
१२५ जाति १२३ भाषाभाषि बस्ने मुलुक नेपाल आजका दिनसम्म कुनै पनि धर्मको नाममा कुनै व्यक्ति र पक्षले अपहेलित हुनु परेको छैन् । त्यस्तो दिन आउन पनि नआहोस् ।
गलत कार्य केही स्वार्थ रहेका मानिसको भलाई त होला तर त्यसको परिणाम समाजले भोग्नु पर्दा सबैभन्दा नमिठो हुन्छ । जनप्रतिनिधिको हैसियतमा रहका व्यक्तिहरुको विपक्षमा बोल्नुपर्दा वा आपत्ति पर्कट गर्नुपर्दा नमिठो हामीलाई लाग्छ ।
समाजले ठाडो सिर उठाएर हिड्ने वातावरण गरिदिएको छ । यस्ता गैर जिम्मेवार पक्षहरुको बारेमा नबोल्दा नै उचित हुन्छ । त्यसैमाथि तपाई महिला नेतृबाट हामीले फरक आशा गरेका छौँ । यस्तो खालको अपेक्षा प्रति संम्बेदनशिल बन्नुपर्छ ।
नेपाली जाति र समुदाय भन्दा परको कुनै धर्म र जात छैन् । समतामुलक समाजको निमार्णमा जुटेर मुलुकको विकासमा लागौँ । ताकि महिला नेतृहरुको कामबाट सबैलाई गर्वगर्ने अवसर मिलोस् ।
(लेखक युवासंघकी केन्द्रीय सदस्य हुन)
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




