{"source_sid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594444863223","subsource":"done_button","uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1594444863218","source":"other","origin":"gallery"}

यो देशले आफ्ना नागरिक होऊन वा बाहिरका नागरिक, झ्याप्प मर्न चाहिं दिंदैन ।

हिंजो एक जना मित्रले फेसबुकमा पोस्ट गर्नुभयो- कोरोना सुरु हुनु अघि नेपाल थिएँ, फर्केर आए पनि कामको तनाब थियो तर जापान सरकारले तीन महिनाको घर भाडा बापतको रकम उपलब्ध गरायो साथै सबैलाई दिएको प्रति व्यक्ति एक लाख येन अनुदान पनि दियो ।

अलि दिन पहिला एक जना मित्र संग कुरा हुँदा उनले भनेका थिए- अनुदानको रकम त पाएँ नै त्यस बाहेक दुई लाख ऋण पनि दिंदो रहेछ जसको एक वर्ष सम्म ब्याज लाग्दैन । त्यस पछि किस्तामा तिरे हुन्छ । मैले त लिएँ । लिएर पनि थप ६ लाख येन ऋण माग गरी फरम भरेको छु, दिन्छ या दिंदैंन हेरौं । सायद दिन्छ होला ।

यी केही उदाहरण हुन । भाषाको समस्या होला तर जापान नागरिक वा अनागरिक कसैलाई पनि समस्यामा परेको देख्न सक्ने देश चाहिं हैन । आफ्ना नागरिक र अन्य देशका नागरिकलाई दिइने बराबर अवसर,राहत त सहयोगको लागि जापान धन्यवादको हकदार छ ।

त्यसो त हामी आवस्यक नै परेर लिन्छौं वा फाइदाको लागि लिन्छौं, त्यो आफू जानौं । तर जापान सरकारले प्रक्रिया पुगेका कागज हेरी समस्या अनुसारको सहयोग बिदेशीहरूलाई पनि आफ्ना नागरिकलाई सरह दिंदो रहेछ भन्ने चाहिं देखियो ।

सरकारले मात्र हैन, केही प्रतिष्ठित नीजि कम्पनीले पनि कामदारलाई बिदा बापतको तलब उपलब्ध गराउने, स-साना राहतका प्याकेज जस्तै चामल, नुडल्स, टिस्यु पेपर लगायतका सामग्री उपलब्ध गराउने गरेको पनि देखियो ।

संकटकाल नै लगाए पनि यातायात, अस्पताल, खाद्य स्टोर लगायतका अत्यवस्यक सेवालाई चुस्त राखेर जापानले जापानबासी हरूलाई सुविधा दिइरह्यो ।

पछिल्लो समय फेरि टोकियो लगायतका क्षेत्रमा कोरोनाको संक्रमण बढेको देखिएको छ । यस संगै सरकारले राहत र सहयोगका नयाँ नयाँ अर्थिक प्याकेज घोषणा पनि गरिरहेको छ । जापान सरकार जापान बासीहरू (स्वदेशी वा विदेशी) प्रति निकै संवेदनशील देखिन्छ ।

खोज्ने हो भने त चन्द्रमामा पनि दाग भेटिन्छ । तर जापान अत्यन्त सु-संस्कृत र व्यवस्थित देश हो भन्दा अत्युक्ति नहोला ।
जापानीहरू धन्यवाद ज्ञापन गर्ने कुरामा कैलै कन्जुस्याइँ गर्दैनन ।
जापानमा बस्ने हामी नेपालीहरू,
संकटको यो घडीमा आउनूस् हामी सबै मिलेर एकै स्वरमा भनौं

धन्यबाद जापान !
( यो सामग्री हेमन्त गिरीको फेसबुकबाट लिईएको हो)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार