{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1624506289961","source":"other","origin":"unknown"}

देशलाई विमारले ग्रस्तै पारेर स्वास फेर्न गाह्रो भईरहदै गर्दा, एकातीरको पाखो खल्र्याम्मै बगाएर क्षत विक्षत बनाएको छ बाढीले । हामी हेर्नेहरुलाई एकै छिन दुखेपनी भोग्नेहरुलाई त सहनै गाह्रो भईरहेको छ भनेर नजर अगाडी आएका तस्वीरले प्रष्टै पार्छन् । लाग्दै थियो की बहश पनि यीनै विषयमा हुनुपथ्र्यो । तर अफसोच त्यो हुन सकेन । कोहीमा मान्छेलाई मान्छे नमान्ने घमण्ड थीयो, अनी कसैलाई मान्छे हुँ भनेर प्रमाणीत गर्नु पर्ने वाध्यता । जब देशमा मान्छे भएर पनी मान्छेको दर्जा पाईएन भने फेरी मेरो देशलाई पहीरोले लग्यो, देशलाई रोग भोकले सतायो भनेर माया गर्न नभ्याईदो रैछ ।

कुरा उही जातको । पीडीतले मान्छे बन्न पाईन की पाईन्न त्यो थाहा भएन तर पिडकले राज्यको छाता भने कुनैपनी उजुरीको झरीले नरुझाउने गरी पाउनुभए छ । मलाई रुपाले न्याय पाउने आश पनी थिएन न त उहा ठूला जातकी घर धनीले सजाय पाउनुहुन्छ भन्नेमा नै । अनी मलाई कुनै अचम्म लागेन र लाग्दैन पनी यस्ता कुराहरुमा । कीनकी यो त हाम्रो देशको प्रचलीत संस्कार जस्तो लाग्न थालेको छ आज भोली ।

मलाई अचम्म लाग्यो त केबल यी केही कुराहरुले ।
आज भन्दा ठीक एकवर्ष अगाडी रोल्पामा भएको भेरी नरसम्हारको एउटै कारण दलीत हुनु थियो । त्यो थाहा पाएपछी सगैँ काम गर्नुभएका एक जना व्राम्मण अग्रज हुनुहुन्थ्यो जसलाई म गुरु पनी मान्ने गर्छु र पत्रकारीता क्षेत्रमा लामो समय काम पनी गर्नुभएको हुनाले पनी उहाँसँग सोधे, सर दलीत भनेको के हो भन्दीनुस् न ।
उहाँको जवाफ थियो, म यो केही मान्दीन मलाई यसको विषयमा केही थाहा छैन । उहाँलाई यो विषयमा बोल्नै मन नलागेको देख्दा अचम्म लागेको थियो । तर उहा कार्यक्रम संचालक हो । राज्यमा भएका विकृतीका विषयमा सम्बन्धीत निकायसँग चर्को वहस गर्ने मान्छे हुनुहुन्छ पनी । पक्कै यो विषयमा राम्रो वहस गर्नुहुन्छ भन्ने लाग्यो । केहीदीन लगातार उहाँको कार्यक्रम सुने त्यो नरसम्हार उहाँका लागी वहशको विषयनै बनेन । एउटा फेसबुके स्ट्याटस सम्म पनी बनेन । मलाई भने एक जात एक व्यक्ती एक परीवार र समाज भन्दा पनी पुरै राज्य र मानव जातीका लागी लाजको विषय हो भन्ने लागेको थीयो रुकुम घटना । फेरी त्यसको एक वर्ष पछी अहीले रुपा काण्ड भयो काठमाडौमा । यो घटनामा पिडक जेल गएको देखेर उहाँलाई यती पेट पोलेछ की उहाँले लेख्नुभएछ, मेरो ,,,,,,,,,,,,,,,,,,, । चीची पनी पापा पनी कहा पाईन्छ ? मलाई हासो लाग्यो त्यो देखेपछी यती वेस्वादीलो हासो कसैलाई हास्नु नपरोस ।

त्यसै गरी अर्का दुई शब्दहरुले तहल्कै मच्चाए सामाजीक संजालमा
कोटा र कोठा
कतीले यी दुवै शब्दलाई सेयर पनी गरे हो मा हो मिलाएर । कतीले अर्थ थाहा भएर सेयर गरे, कतीले अर्थ थाहै नभई सेयर गरे कतीले रमाईलो लागेर सेयर गरे र समर्थन जनाए तर धेरैले थाहा भएर पनी थाहा नपाए जस्तै गरी सेयर गरे र समर्थन जनाए । मलाई यहा पनी रंग उडेको हाँसो लाग्या,े नमीठो । यतीवेला नेपालीमा प्रचलीत उखान छनी निदाएकालाई उठाउन सजीलो हुन्छ तर निदाएको बहाना गरेकालाई उठाउन गाह्रो हुन्छ हो त्यही उखानलाई सम्झरहेको छु ।

रह्यो कुरा मन्त्री र पावरको
आज भन्दा पाँच वर्ष अघी कथीत ठूलो भनीएको जातको छोरीलाई प्रेम गरेकै निहुँमा काभ्रेका अजीत मिजारको हत्या भएको कुरा सबैको मानसपटलमा ताजै छ । उनको मृत्यूताका नेपाली काग्रेसका केन्द्रीय नेता मिन विश्वकर्मा वाणीज्य मन्त्री हुनुहन्थ्यो जस्तो लाग्छ, जे होस मन्त्री हुनुहुन्थ्यो । उहाँले मारीएका अजीतलाई न्याय दीलाउन कती पहल गर्नुभयो त्यो त्यती हेक्का छैन तर अजीतको शवले न्याय नपाएर आज पनी शिक्षण अस्पतालमा लडीरहेको भने मज्जाले हेक्का छ ।
मलाई अहीले बुझ्न धेरै गाह्रो भएको छ यो कुरा की
के फरक रैछ अहीलेका मन्त्री कृष्ण गोपाल श्रेष्ठ र त्यतीवेलाका मन्त्री मिन विश्वकर्मा मा ?

अहिले मान्छेको दर्जा पाएर गर्व गरीरहेको एउटा जमात छ जसलाई लाग्छ, राज्यमा मान्छे भएर बाच्न पाउने अधीकार चाही उनीहरुको निजी सम्पती हो र त्यो सम्पती दया गरेर दीनदुखीलाई दान गर्दीन लागेका हुन् । अनी भन्छन् यी दलीतहरुलाई जती दीयो त्यती टाउकोमा टेक्छन । यीनीहरुलाई त दबाउनै पर्छ, यो भन्दा धेरै माथी पुग्न दीनुहुन्न ।

अनी अर्को जमात छ प्रश्नै प्रश्न बोकेको । जो, मान्छेको दर्जा नपाएकोमा क्रोधीत छ । भन्छ हामी पनी यही राज्यका नागरीक हौ तर विभेद कीन ? कती सहने ?, यदी मान्छे जस्तै भएर मान्छेनै हुन पाईदैन भने मर्नु किन पर्छ ? स्वास फेरेर पनी मरे तुल्य छौ । उस्तै वर्ण उस्तै आवरण उस्तै रगत बाच्ने तरीका उस्तै हुँदा हँदै पनी यदी हामी पल पल मरीरहेका छौँ भने यीनीहरुलाई कीन आरामले निदाउन दीने बरु यूद्य गरुम ।

अनि म यी सबै हेरेर सोचीरहेछु की कमीकमजोरी हामी सबैमा छ । केहीले समस्यालाई जन्माउन हुँदैन भनेर सीकेनौ अनी केहीले दोष दोषारोपण मारपीट, क्रोधले समस्याको समाधन हुँदैन भनेर सीकेनौ ।

अन्त्यमा यती भन्न चाहे की कसैले गुरु भनेर साम्वोधन गर्न लायकको व्यक्तित्व बनाईसकेका मानिसहरुले जनैवादको घेरा भन्दा बाहीर आएर मानवता भन्दा अर्को धर्म कुनै हुनै सक्दैन भनेर गर्वका साथ भन्न सकाउने प्रयास गरौँ । अनी कसैले यूद्यनै समस्याको अन्तिम विकल्प हो भन्ने व्यविचारलाई त्यागौ । जसलाई तल पारे पनी जसलाई मारे पनी मर्ने त हामी नै हौँ । हैनर ?

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार