{"uid":"B4F550E9-0080-46FA-B186-3ABF70552287_1628072440854","source":"other","origin":"unknown","sources":["327873633009211"]}

वैकल्पिक राजनितिमा आशाभन्दा बढि विश्वास गरीएका दोश्रो तहका नेताहरु (पुकार बम, रमेश पौड्याल, शरदराज पाठक, निर्देश सिलवाल, रञ्जु दर्शना, अब्दुस मिया, रजनी केसी, दिपकप्रसाद उप्रेती) लाई सामुहिक पत्र

कत्ती भुमिका नबाँधी सिधै विषयवस्तुमा प्रवेश गरौँ;
अहिलेको नेतृत्व तहका जिम्मेवार व्यक्तीहरुबाट भन्दापनि हजुरहरुबाट चैँ सुसंस्कृत एवं वैकल्पिक राजनीतिले पक्कै गन्तव्य चुम्नेछ त्यसको लागी हजुरहरुको बौद्धिक क्षमताले आवश्यक हरेक कोणबाट पार्टिलाई सहि मार्गमा हिँडाउनुहुनेछ, साँच्चीकै यो देशको माटो सुहाउँदो राजनीती हुनेछ, अहिलेको यो गञ्जागोल बनेको कुलाजनीतीबाट देशले मुक्ती पाउनेछ, भन्ने धेरै नै विश्वास थीयो !
तरखै के खै के हजुरहरुको पनि आखीर त्यस्तै नै रहेछ हैन त क्षमता ? कस्तो निरिहता, कस्तो लाचारीपन, कस्तो गुटगत भिन्नता किन यो सब ? कहिलेसम्म यस्तै रहने ? यसको जवाफ कसले दिन्छ हजुरहरुले नदिएर, को हुन्छ यो सबको जिम्मेवार हजुरहरु नभएर ?
हजुरहरुको इच्छाशक्ति भएको भए त सकिन्थ्यो होला नी नेताद्वयलाई सहि ट्र्याकमा हिँड्न लगाउन,

उज्ज्वल दाईले चलाएका विभिन्न अभियानमा काठमांडूमा पछिपछि हिँडेकै भरमा, डा. केसी ले सरकारसँग गरेका विभिन्न संघर्षमा माईतीघर पुगेर नारा लगाएकै भरमा मात्रै वैकल्पिक राजनीतिका योद्धा हामी नै हौँ भनेर त नहुने होला नी हैन र ? उज्ज्वल दाई ले संसार छोडिसक्नुभो अनि डा.केसी पनि त एकदिन छोड्नुहुनेछ वहाँहरुको जिवनअन्त्य सँगै हजुरहरुले मानेको वैकल्पिक राजनीती पनि पतन हुने हो ? त्यस्तै देखीयो त अघिल्लो पटकको पार्टि फुट पनि हजुरहरुकै कमजोरी हो भन्नलाई धेरैबेर सोँच्नुपर्छ जस्तो लाग्दैन ! किनकि‘काँध बलीयो भएन भने टाउको अडिन सक्दैन’ यो कुरा त पत्याउनु हुन्छ नी है,
हजुरहरुको भुमिका काँधको हुनुपर्थ्यो टाउको(उज्ज्वल र रविन्द्र)लाई सहि दिशामा हिँडाउन सक्नुपर्थ्यो !
अहिले पनि किन रुवाबासी हो सामाजिक सञ्जालमा, किन होला सेकेण्ड-सेकेण्डमा ओठेजवाफ सञ्जालमा पोष्ट गरेर छिमेकि हँसाउनुपरेको, कुरीकुरी फेसबुके राजनीती भएन र यसरी त ?
१. घरभित्रका कुरा घरभित्रै सरसल्लाह गर्न सकिन्थ्यो होला नी अनि रविन्द्र मिश्रको दस्तावेज ‘मार्ग परीवर्तन विचारभन्दा माथी देश’ ले नै पार्टिमा दुईधार बनीरहेको अवस्थामा उक्त विषयमा पार्टिको केन्द्रीय समितीले आवश्यक उचीत छलफल र आधिकारिक निर्णय गरेर दुईधारमा बाँडिएकाहरुको मन एकैधारमा ल्याएर आँफुहरुलाई अझ परिपक्वता देखाउन सकिने अवस्था हैन र ?
२. पहिलो विषयमा कुनै सरसल्लाह नगरी {अपुष्ट जानकारी अनुसार अहिलेसम्म उक्त विषयमा औपचारिक छलफल नै (यदि भएको भए त सार्वजनिक पनि त हुनुपर्थ्यो) भएको छैन} पार्टिको तर्फबाट आधिकारिक निर्णय ननिकाली ‘तातै खाम्, जल्दी मरम्’ भनेझैँ गरी अझै गहन अध्ययन नगरीकन अन्य महत्वपूर्ण धेरै वुँदाहरु छुटेको अपुरो दस्तावेज किन ल्याउनु परेको ‘वैकल्पिक राजनीतीको मुल बाटो’ ?, उक्त दस्तावेजमा केवल जवाफि फ़ायरिंगको रुपमा बाहेक के लेखीएको छ र त्यसमा, हरेक बुँदामा अघिल्लो दस्तावेजको आलोचना,टिप्पणी,खण्डन,व्याख्या मात्रै ?

यसबाट के प्रष्ट रुपमा छताछुल्ल भयो थाहा छ ?
‘यीनीहरुले खासमा राजनीती नै जानेको छैनन्, माटोले मागेको राजनीती गर्नै सक्दैनन्, यीनीहरु केवल स-साना समुहमै सिमित रहन्छन्’ अनि हजुरहरुको सेकेन्ड-सेकेन्डको पोष्टले ‘यीनीहरुको यो केवल फेसबुके पार्टि मात्रै हो, यदि त्यसो हैन भने आफ्नो पार्टि कार्यलयमा गर्नुपर्ने वहस किन फेसबुकमा गर्दैछन् त, हो यसो भन्ने ठुलो जमातको मतलाई पुष्टि गरेको छैन र हजुरहरुकै व्यवहारले ?

हिजो हजुरहरुको कमजोरीले गर्दा फुटेको पार्टि फेरी पनि हजुरहरुकै कमजोरीपनले गर्दा नफुट्ला भन्न कसरी सकिएला ? कहिलेसम्म पत्याइदिने ‘हजुरहरुबाट वैकल्पिक राजनीती संभव छ, हजुरहरुकै सुसंस्कृत एवं वैकल्पिक राजनीती मार्फत यो देशको परीवर्तन सम्भव छ’ भनेर ? ए बाबा
नेतृत्वले पार्टिलाई सहि दिशामा डोराएर लैजान सकेन भने प्रजातांत्रिक पद्धति मार्फत हजुरहरुले नेतृत्व लिनुस् न त तर‘यो-त्यो बाहनामा जुट्ने-फुट्ने, आपसी द्व्यस साँच्ने, एकले अर्कोलाई गीराउन मात्रै खोज्ने’
यस्तो त हैन नी हौ हाम्ले बुजेको र देशले चाहेको वैकल्पिक एवं सुसंस्कृत राजनीती त !
यदि साँच्चै नै नसकेकै हो भने छोडिदिनोस् यार अब त
– बरु आ-आफ्नो पेशा-व्यवसायलाई पुरा समय दिनोस्, आफ्नो र आफ्ना बालबच्चाको भविष्य राम्रो बनाउनोस्
– हजुरहरुलाई विश्वास मानेर हजुरहरुको यात्रामा साथ दिन देश-विदेशबाट शुभेच्छा राख्नेहरुलाई पनि उनीहरुको परीश्रमले परीवारको भविष्य राम्रो बनाउन भनीदिनोस्
हजुरहरुले साँच्चीकै नै नसक्ने भएपछि यत्तीकै किन चील्ला कुरा गरेर इमोस्नल व्ल्याकमेल गर्नुहुन्छ कसैको भावना माथी ?

✍🏻सुबाश पौडेल अविरल
जापान

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार