मैले यहाँ amazone.co.jp को अनुभव राखेको छु !

हुन् त अनलाईनबाट सामान किन्दा शतप्रतिशत विश्वसनीयता त हुँदैन यद्यपी समय अभाव,आवस्यकता,छिटोछरितो, मुल्यमा समेत सुपथ हुने कारण प्रयोग गरिएको हुन्छ ।

मैले बिगत ८ बर्षदेखि जापानमा amazon बाट सामान किनिराखेको छु,कहिलेकाहीं गल्ति अर्डर वा आएको सामान चित्त नबुझ्दो वा ड्यामेज भएपनि फिर्ता प्रक्रियाको झन्झटले गर्दा त्यत्तिकै छोडिन्थ्यो !अलि बढि मूल्य परेको वा कामै नलाग्ने सामान भए फिर्ता पनि गरेकै थिएँ तर प्रायजसो क्रेडिट कार्डबाट नै खरिद गर्ने हुँदा Refund रकम चेक खासै गर्ने थीइन!फिर्ता आयो होला भन्यो छोड्यो ।

पछिल्लो एक महिनामा दुईवटा सामान साईज फरक र छानेको सामान नपरेको कारण फिर्ता नगरी नहुने अवस्था आयो ।

पहिलो अवस्था
एउटा २५००येन बराबरको सामान बिक्रेताले हुलाक खर्च बेहोर्ने गरि फिर्ता पठाएको उसले बुझिलिएन । हुलाकले फिर्ता ल्याईदियो त्यो दोहोरो खर्च १५२० येन तिर्नुपर्यो, पुन:आफुले ७६० येन तिरेर फेरि पठाएँ tracking number बाट हेर्दा उसले सामान बुझ्यो तर refund को कुनै अपडेट छैन system स्थिर छ,मैले माया मारिसकें । ५००० येन जती गयो,यसमा बिक्रेताले ठग्यो,यद्यपी Amazon ले सोधिराखे को छ कि,के बिक्रेताले तेरो समस्या समाधान गर्यो ? मैले छैन भनेर कम्प्लेन गर्न छोडेको छैन ।

अर्को अवस्था
अर्डर फरक परेको ५६,५०० येनको बिद्युतीय सामान(ल्यापटप) फिर्ता गरें, सामान उसले बुझेपछि ५६५०० येन मध्य २८४०० येन restocking fee काटेर २८१०० येन फिर्ता गर्ने कुरा सिस्टममा सुचना गर्यो !मलाई आश्चर्य लाग्यो र एक किसिमको तनाव नै भयो! Return / Refund को बिभिन्न अप्सन हुँदै च्याट सहायता सम्म पुगेर मेरो कुरा राखेँ, उताबाट Amazon ले फिर्ता आएको सामानको अवस्था हेरी आफैले निर्णय लिएर restocking fee काट्ने कुरा जनायो,मैले त्यति ठुलो रकम कटाउन मिल्दैन भनेर प्रतिबाद गरिरहें र अन्तिममा सबै रकम फिर्ता गर्ने सहमतीमा च्याट सकियो र त्यहीं बमोजिम ५ दिनपछि सबै रकम फिर्ता आयो ।

यी कुरा ख्याल गर्दा राम्रो👇

👉किनेको सामान फिर्ता गर्ने र रिफन्ड गर्ने प्रक्रिया झन्झटिलो भएकोले सकेसम्म पहिले ख्याल गरेर मात्र किन्ने प्रकिया गरौँ !

👉फिर्ता गर्नु पहिले फिर्ता पोलिसी पनि राम्ररी पढौं!

👉कुनै समान फिर्ता गर्दा लाग्ने हुलाक खर्च ग्राहक आफैले तिर्नु पर्ने हुन् सक्छ ,यदि त्यस्तो अवस्थामा बिक्रेताले सामान रिसिभ गर्दैन रहेछ !

👉सहज फिर्ता भएपछी पनि आफ्नो पैसा फिर्ता भएको नभएको एक्किन गरौँ!

👉यदि अस्वाभाविक रुपमा पैसा काटेको छ भने खोजि गरेर त्यो फिर्ता गर्न पनि संभव हुने रहेछ !

(अन्य व्यक्तिहरुको लागि पनि यो अनुभव,जानकारी मुलक हुनसक्छ भन्ने उद्देश्यले प्रकाशन गरेका हौँ)


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार