बेलायतमा गीति एल्बम “समर्पण” सार्बजनिक
बेलायतमा नेपालीहरुको बाक्लो बसोबास भएको अल्दरसर्टमा आईतबार गीति एल्बम “समर्पण” सार्बजनिक भएको छ। कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदुत डा. दुर्गा बहादुर सुबेदी रहनु भएको थियो भने कार्यक्रममा चर्चित एवं बरिष्ठ पाइलट क्याप्टेन विजय लामा दुबैले एल्बमको संयुक्त रुपमा सार्वजनिक गर्नुभएको थियो । बिमोचन अन्य कार्यक्रमहरु भन्दा पृथक ढंगबाट गरिएको थियो । शिक्षाका लागि समर्पित रहेको र यो एउटा गीति...
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक जनवरी १८ र १९ मा पोखरामा हुने, यस्ता छन् एजेण्डाहरु
काठमाडौं (जस)– गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक आगामी जनवरी १८ र १९ मा गण्डकी प्रदेशको पोखरामा हुने भएको छ । शनिबार बसेको एनआरएनएको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतीय बैठकले उक्त निर्णय गरेको हो । अन्तर्राष्ट्रि समन्वय परिषद्को पोखरा बैठकले संघको समिति र कार्यदलको कार्य विभाजन गर्नुका साथै संघको आगामी कार्य योजनालाई समेत अन्तिम रुप दिने...
नेपाली व्यवसायी संघ जापानद्वारा, एनआरएनए पदाधिकारीहरुलाई बधाई तथा सम्मान
टोकियो । नेपाली ब्यवसायी संघ जापानले गैरआवासीय नेपाली संघ एनआरएनमा निर्वाचित पदाधिकारीहरुलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । शनिवार नेपाली ब्यवसायी संघका अध्यक्ष बिजय थकालीको अध्यक्षतामा टोक्योमा आयोजित बधाई तथा सम्मानमा एनआरएन आइसीसी कोषाध्यक्ष महेश श्रेष्ठ, मानार्थ सदस्य कपिलदेव थापा,सदस्यद्धय ददिवल खड्का,इन्दिरा सुजुकी लगाएत एनआरएन जापानका अध्यक्ष देलिाल भण्डारी,वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, महिला उपाध्यक्ष सविता श्रेष्ठ,महासचिव जनकविक्रम शाही,कोषाध्यक्ष कालिका...
एनआरएनएको बैठकमा बाहिरी व्यक्तिको घुसपैठ रोक्न केन्द्रको सर्कुलर जारी
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठकमा बाहिरी व्यक्तिको घुसपैठ भएपछि संघभित्र आन्तरिक परिपत्र गरिएको बताईएको छ । संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले सम्बन्धित जिम्मेवार सदस्यहरूले नै यसरी बाहिरी व्यक्तिलाई बैठकमा सहभागी गराएको ठहर गर्दै आगामी दिनमा यस्तो नगर्न चेतावनीसहित सर्कुलर जारी गरेको छ । गएको डिसेम्बर १४ मा सम्पन्न अन्तर्राष्ट्रिय समन्वय परिषद्को ७० औँ बैठकमा यसरी बाहिरी व्यक्तिहरू प्रवेश गरेको...
एनआरएनए जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ,मनोनित सदस्यहरुद्वारा सपथ ग्रहण
टोकियो । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद जापानको प्रवक्तामा सिद्धार्थ श्रेष्ठ मनोनित भएका छन् । आईतबार बसेको सचिवालय बैठकले,विगत दश वर्ष देखि जापानमा रहँदै आएका श्रेष्ठलाई प्रवक्तामा मनोनित गरेको हो ।यसका साथै , यस अघि मनोनित सदस्यहरुलाई सफत ग्रहण पनि गराईएको छ । महासचिव जनक विक्रम शाहीका अनुसार, नियमित बैठकको मिति तय,क्षेत्रिय समिति भेला, आइसीसी महाधिवेसनमा जाने प्रतिनिधि हरुको लागि...
एनआरएनए बैठकमा देखियो लाजमर्दो दृश्य, बैठकमै पार्टीको भागबन्डाको लफडा
टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय परिषद्को बैठकमा अनौठो र लाजमदो हर्कद देखिएको छ । शनिवार १० घन्टासम्म चलेको बैठकमा क्षेत्रीय संयोजक तथा केन्द्रीय सदस्य संघको मानमर्दन हुने गरी बैठकमा प्रस्तुत भए । संघका केही केन्द्रीय सदस्य कांग्रेस र कम्युनिष्टको बैठकमा हुने वादविवादको शैलीमा उत्रिएको एक केन्द्रीय सदस्यले जानकारी दिए । बैठकमा युरोप क्षेत्रबाट प्रतिनिधित्वमा गर्ने केही कथित...
साग विजेतालाई एनआरएनएले दियो बधाई तथा शुभकामना
टोकियो । हालै सम्पन्न भएको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा विजेता खेलाडीहरुलाई गैरआवासीय नेपाली संघ (एनआरएनए) ले वधाई तथा शुभकामना व्यक्त गरेको छ । संघका अध्यक्ष कुमार पन्तद्धारा शुक्रवार जारी विज्ञप्तिमा सागमा नेपालले प्राप्त गरेको कीर्तिमानी सफलताप्रति खुशी व्यक्त गर्दै गैर आवासीय नेपाली खेलाडीहरुको लागि नेपालमा प्रशासनिक र कानूनी झन्झटलाई यथावत रहेकोप्रति यो संघ पुनः नेपाल सरकारसहित राष्ट्रिय...
एनआरएनए अमेरिकाले पनि ,बुझायो भारतीय दुतावासमा विरोधपत्र
वाशिंगटन । अमेरिकाको राजधानी वाशिंगटन डिसीस्थित भारतीय राजदूतावासमा नेपालको भूमि अतिक्रमणविरुद्ध विरोध पत्र पेश भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाले विरोध पत्र पेश गरेको हो । भारतीय सरकारले हालै प्रकाशित गरेको नक्शामा नेपालका भूभागहरु कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतका क्षेत्रहरु गलत तरिकाले नक्शाभित्र पारिएकाले विरोध पत्र पेश गरिएको एनआरएनए अमेरिकाले जनाएको छ । विरोधपत्र बुझाउन गैरआवासीय नेपाली संघ आईसीसी उपाध्यक्ष...
नेपाल भ्रमण वर्ष २०२० सफल पार्न एनआरएनए आईसीसी द्वारा एनसीसीहरुलाई १० बुँदे निर्देशन
टोकियो । नेपाल भ्रमण वर्ष २०२० सफल पार्न गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आफ्ना शाखाहरुलाई १० बुँदे निर्देशन दिएको छ । संघका अध्यक्ष कुमार पन्तले बुधवार एक पत्र जारी गर्दै सो भ्रमण वर्ष सफल पार्न बिभिन्न गतिविधी संचालन गर्न संघका राष्ट्रिय समन्वय परिषद्का अध्यक्षहरुलाई पत्राचार गरेका हुन् । पन्तद्धारा जारी पत्रको पूर्ण विवरण यस प्रकार छ । सबै राष्ट्रिय समन्वय...

