एनआरएनए अमेरिकाका प्रवक्ता ओम भट्टराई सल्लाहकार शिव मल्ल निलम्बित

अमेरिका । नक्कली फेसबुक काण्डको पर्दाफ़ाश पछि गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका प्रवक्ता ओम भट्टराई र सल्लाहकार शिव मल्ल निलम्बनमा परेका छन् । नक्कली फेसबुक पेजमार्फत गैरआवासीय नेपाली संघका विभिन्न व्यक्तिविरुद्ध निरन्तर चरित्र हत्या गरेको पुष्टि भएपछि एनआरएन अमेरिकाले उनिहरुलाई  कारबाही गरेको हो । भट्टराई र मल्लले पदीय आचरणविपरीत कार्य गरेको भनी एनआरएनका आजीवन सदस्य प्रसन्न संग्रौलाले उजुरी गरेपछि सो...

एनआरएनए पोखरा बैठक सकियो, यस्तो छ पूर्ण पाठ

टोकियो  । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको ७१ औं बैठक’ १४ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । गण्डकी प्रदेशको पोखराको रुपाकोट रिसोटमा माघ ४ र ५ गते २ दिनसम्म चलेको बैठकमा संस्थाको संस्थागत सुदृठिकरणका साथै आगामी कार्ययोजनाका बारेमा बृहत छलफल भएको संघले जनाएको छ । संघले सोमवार पोखरामा एक पत्रकार सम्मेलन गर्दे आफ्ना निर्णयहरु सार्वजनिक गरेको हो ।...

गैरआवासीय नेपाली संघ (एनआरएनए) को बैठक पोखरामा शुरु, आईतबार सकिने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अन्तर्राष्ट्रिय समन्वय परिषद्को प्रत्यक्ष बैठक पोखरामा शुरु भएको छ । शनिबार शुरु भएको बैठक आइतबार सम्पन्न हुनेछ । गत डिसेम्बर २१ तारिख बसेको अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको विद्युतीय बैठकले पोखरामा प्रत्यक्ष बैठकको आयोजना गर्ने निर्णय गरेको थियो । संघका महासचिव डा. हेमराज शर्माका अनुसार देश संघीय संरचनामा गइरहेको अवस्थामा संघका गतिविधिलाई प्रदेशस्तरसम्म पुर्याउन पहिलो...

एनआरएनए र सरकार बिच छलफल, दोस्रो विज्ञ सम्मेलनको तयारी

टोकियो  । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गर्ने दोस्रो विज्ञ सम्मेलनको तयारीका विषयमा संघका पदाधिकारीहरुले नेपाल सरकारका मन्त्री र सचिवहरुसंग छलफल गरेका छन् । अध्यक्ष कुमार पन्त नेतृत्वको एनआरएनए टोलीले शुक्रबार काठमाडौंमा परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई भेटेर सम्मेलनबारे छलफल गरेको छ ।यसैबीच, एनआरएनए नेताहरुले नेपाल सरकारका सचिवहरुसंग समेत विज्ञ सम्मेलनको तयारीबारे छलफल गरेका छन् । परराष्ट्रय मन्त्रालयका सचिव शंकरदास वैरागीको...

विशेष महाधिवेशन बोलाउने कुरा पहिलै निर्णय भैसकेको कुरा हो, सस्तो लोकप्रियताको पछि नकुदौँ -कुमार पन्त

टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष कुमार पन्तले संघले यस अघि नै बिशेष महाधिबेशन बोलाउने निर्णय गरिसकेको बताएका छन् । पन्तले डिसी नेपालसंगको एक अन्तर्वार्तामा आफु निर्वाचित भए पछिको पहिलो बैठकले नै बिशेष महाधिबेशन बोलाउने निर्णय गरे जानकारी पाए पछि केहि समूहले सस्तो लोकप्रियता र जस लिने होटवाजीको लागि महाधिबेशनको माग गरेको बताए । उनले सबै पक्षलाई समेटेर लैजाने...

‘एनआरएनए यूकेमा चार करोड रुपैयाँको हिसाव गोलमाल’

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमा झन्डै चार करोड रुपैयाँको हिसाबकिताब गोलमाल भएको छ । पुरानो कार्यसमितिले नयाँ कार्यसमितिलाई हिसाब बुझाउन आनाकानी गरेपछि संघको नाममा संकलित करिब २ लाख ९३ हजार पाउन्ड (झन्डै ४ करोड रुपैयाँ) गोलमाल भएको आशंका गरिएको छ । नयाँ कार्यसमितिले नेतृत्व सम्हालेको ५ महिना बितिसक्दा पनि पुरानो कार्यसमितिले अहिलेसम्म हरहिसाब बुझाएको छैन । संघका निवर्तमान...

एनआरएनए जापानको महिला फोरम गठन, यस्तो छ संरचना

टोकियो। एनआरएनए जापानको महिला फोरम गठन भएको छ । गत साता टोकियोमा भएको महिलाहरुको भेलाले एनआरएनए एनसीसी जापानकी महिला संयोजक संगिता अधिकारीको संयोजकत्वमा महिला फोरम गठन गरिएको  हो । नब गठित फोरमकी सचिवमा कमला काप्री  तथा कोषाध्यक्षमा  विष्णु बानियाँ (प्रज्ञा) लाई चयन गरिएको छ । त्यस्तै, फोरमको सल्लाहकारहरुमा, एनआरएनए आईसिसी सदस्य इन्दिरा सुजुकी, एनसिसी वरिष्ठ उपाध्यक्ष अनिता गरुङ, महिला उपाध्यक्ष सबिता...

एनआरएनएका निवर्तमान उपाध्यक्ष कुल आचार्यले यसकारण मागेका रहेछन् विशेष अधिवेशन

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का निवर्तमान उपाध्यक्ष कुल आचार्यले जतिसक्दो चाँडो संघको विशेष अधिवेशन बोलाउन माग गरेका छन् । लन्डनमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै आचार्यले गत अक्टोबरमा काठमाडौँमा सम्पन्न संघको नवौं विश्व सम्मेलनमा आर्थिक र संगठनिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण भएको बताए। ‘यसले हाम्रो संस्थाको गरिमामाथि नकारात्मक असर पर्नुका साथै विभिन्न अनियमितताका समाचारहरु बाहिर आइरहेका छन्। सन् २०१८...

नेपाल भ्रमण वर्ष २०२० को जापानमा भव्य शुभारम्भ( भिडियो सहित)

टोकियो । नेपाल भ्रमण वर्ष २०२० को जापानमा भव्य शुभारम्भ गरिएको छ । मंगलबार, राजदुत निवासको सभा हलमा, उल्लेख्य जापानी अतिथिहरुको उपस्थितीमा ,भ्रमण वर्षको सफलताको कामना गर्दै, स्वस्तिवाचन सहित जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले भ्रमण वर्षको लोगो सहितको ब्यानर खोलेर जापानमाऔपचारिक उद्घाटन गर्नुभएको हो । भिडियो हेर्नुहोस् कार्यक्रममा,नेपाल तथा नेपाली पर्यटनको बारेमा जानकारीहरु प्रस्तुत गरिएको थियो । यसका साथै नेपालमा समय...

लवकुमारको गीति संग्रह “ मायाको घर” एक दर्जन कलाकर्मीद्वारा एकसाथ बिमोचन !

मेरिल्याण्ड। प्लस ९७७डट नेट (PLUS977.NET) को आयोजना शनिबार डिसेम्बर २८ का दिन मेरिल्याण्ड राज्यको बाल्टिमोरमा गीतकार लवकुमार बुढाथोकीको गीति संग्रह “ मायाको घर” को बिमोचन गरिएकोछ । उक्त कार्यक्रममा उपस्थित कलाकारहरुले सयुक्त रुपमा उक्त गीती सङ्रहको बिमोचन गरेका हुन । कार्यक्रमको सभापतित्व बाल्टिमोर नेपालीज एसोसियसन,बानाकि निर्वतमान अध्यक्ष तथा समाजसेवी अनसुया श्रेष्ठ वन्तले गरेकी थिइन् भने प्रमुख अतिथि महाबाणिज्य दुत तथा...