अमेरिकी रास्ट्रपति परिवार र बेलायती राजकुमारीको कपडा सिलाउने विश्व प्रख्यात नेपाली युबक

काठमाडौँ । नेपाली ठिटो प्रबल गुरुङ अमेरिकामा फेसन उद्योगका लागि चर्चित नाम हो । उनले डिजाइन गरेका ड्रेसहरू लगाउनमा प्रथम महिला मिचेल ओबामा हुन् वा बेलायती राजकुमारी केट मिडल्टन र थुप्रै हलिउड सेलिब्रेटी र गायिकाहरू गर्व गर्छन् । पछिल्लो समय झन्डै दुई वर्षअघि नेपाल आउँदा मुस्ताङ ट्रेक पुगेका थिए । त्यसबेला प्रबलले त्यहाँका बुद्धमार्गी भिक्षुले लगाउने हल्का पहेंलो, गाढा रातो...

रुझ्दै, गर्मीमा पोलिँदै बाग्मती पुलमा एक्लै हिँडेको कुरा अझै सम्झिरहन्छु- दिपाश्री निरौला

छक्कापञ्जा–२ सम्मको सफलताको सूत्र के होला ? आजको सफलता तत्काल वा रातारात प्राप्त सफलता होइन, २५ वर्षको संघर्ष, निरन्तरता एवं मेहनतको प्रतिफल हो । समय–परिस्थितिअनुसार परिवर्तन हुने सन्दर्भमा मैले नायिकाबाट कमेडियन हुँदै निर्देशनमा हात हालेकी हुँ । मैले हास्यव्यंग्यका क्षेत्रमा लागेदेखि नै दीपकजीजस्तो असल तथा प्रतिभाशाली साथी पाएँ । उहाँको जोडी हुन नपाएको भए सायदै यो सफलता हात पथ्र्याे ।...

दुईवटा पिल्लरमा टिकेको विश्वको सबैभन्दा सानो देश, जुन देशमा बस्छन् २७ जना मानिस

यस देशको राष्ट्रपति, प्रधानमन्त्री र मालिक भनेको रोय बेट्स नामक एक ब्यक्ति थिए । सन् २०१२ मा उनले आफूलाई त्यस देशको मालिक घोषित गरेता पनि उनी अहिले यो संसारमा छैनन् र त्यस देशको जिम्मेवारी उनका छोरा माइकलले लिएका छन् । यस देशको निर्माण दोश्रो विश्वयुद्धताका ब्रिटेनले गरेको भनाइ छ । तर, पनि यस देशलाई कुनैपनि अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन । आफ्नै...

लोकप्रिय बन्दै ट्वाकेन्द्र निवास !

काठमाडौँ । हिजोआज मनोरञ्जनका लागि टेलिभिजन हेर्नु या रेडियो सुन्नु भन्दा धेरै अन्य विकल्पहरु थपिंएका छन् । सुचना प्रविधिको विकासले फड्को मारेसंगै,सञ्चारका विविध आयामहरु हाम्रा माँझ विकल्पका रुपमा देखा परेकाछन् । त्यस्तै एक माध्यम हो, यु्ट्युव । पछिल्लो समय, युट्युव च्यानलको माध्यमबाट विभिन्न कार्यक्रम तथा मनोरञ्जनात्मक सामाग्रीहरु प्रसारण गर्ने ट्रेण्ड बड्दो छ । त्यहि क्रममा,नेपाली हास्यव्यंग्य तथा रंगमञ्चमा जमेका...

जापानमा,भाषागत दक्षता नै पहिलो र महत्वपूर्ण कुरा हो

टोकियो ।हाल ,जापान नेपाली विद्यार्थीहरुको वैदेशिक शिक्षाको प्रमुख गन्तव्य बनेको छ । बर्षेनी यहाँ थुप्रै विद्यार्थीहरु अध्यायनका लागि आउने गरेका छन् । जापान आउने विद्यार्थीहरु केहि अपवाद बाहेक सबै सुरुवातमा जापानीज भाषा स्कुलमा, भाषा अध्यायनका लागि आउने गर्दछन् । किनकी जापानमा आएर थप अध्यायनका लागि पहिलो शर्तनै भाषा हो । भाषागत दक्षता हासिल गरिसकेपछि मात्र अन्य विषयगत पढाईहरु सम्भव...

अर्थले रोक्यो जनप्रतिनिधिको सेवा सुविधासम्बन्धि मस्यौदा, सुविधा अन्योलमा

२६ जेठ, काठमाडौं । स्थानीय विकास मन्त्रालयले तयार पारेको स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी मस्यौदा अर्थ मन्त्रालयले रोकिदिएको छ । जनप्रतिनिधिको सेवा सुविधासम्बन्धी प्रस्ताव अर्थले रोकेसँगै नवनिर्वाचित प्रतिनिधिको तलब सुविधा अन्योलमा परेको छ । अर्थ मन्त्रालयका एक उच्च अधिकारीले तत्कालका लागि तलब सुविधानको प्रस्ताव रोकिएको बताए । ती अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा ३५÷३६ हजार जनप्रतिनिधि लोकसेवा आयोगले जागिरका लागि...

आज माता तिर्थ औसि, आमाको मुख हेर्ने दिन ।

१३ वैशाख, काठमाडौं आज मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिन । जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्व प्रत्येक वर्षको वैशाख कृष्ण औँसीका दिन मनाइन्छ ।मातातीर्थ औंसीका दिन जीवित आमालाई खान–लाउन दिएर सम्मान गरिन्छ भने दिवङ्गत आमाको सम्झनामा तर्पण, पिण्ड दान र श्राद्ध गरी सम्झना गरिन्छ । आजका दिन मातृश्राद्ध...

बाटो हिँड्दा थुक्न छोड्नु पनि पनि समृद्धि नै हो

विकासको कुरा उठ्यो कि राजनीतिक अस्थिरतालाई दोष जान्छ । राजनीति र आर्थिक विकासबीचको व्यवहारिक सम्बन्ध के हो ? आधुनिक जमानाको लोकतान्त्रिक पद्धतिमा राजनीति भनेकै जनता र मुलुकका लागि हो । मुलुक विकसित भएन भने लोकतन्त्र टिक्न गाह्रो हुन्छ । राजनीतिक अस्थिरताको कारण विकास हुन सकेन भन्ने धारणा बनेको पाइन्छ । तर, राजनीति भनेको सधैं अस्थिर नै हुन्छ । स्थिर त...

केही चिनियाँ रेलवे कम्पनीहरुले काठमाडौंसम्म रेल जोड्ने सम्भाव्यता अध्ययन

केही चिनियाँ रेलवे कम्पनीहरुले काठमाडौंसम्म रेल जोड्ने सम्भाव्यता अध्ययन (फिजिविलिटि सर्भे) प्रतिवेदन नेपाल समक्ष पेश गरिसकेका छन्। पछिल्लो पटक ११ पुसमा मात्रै चाइना इन्टरनेश्नल ग्रुप प्राइभेट लिमिटेड अर्को प्रस्तावक कम्पनीको रुपमा रेलवे विभागमा दर्ता भएको छ। २ सय ३६ दर्ता नम्बर रहेको चाइना रेलवे इन्टरनेशनलको प्रस्तावपछि भने प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र रेल विभागले समेत केरुङ–काठमाडौं–लुम्बिनी र केरुङ–पोखरा रेलवेको...

पृथ्वीनारायण शाहको एकीकरण अभियानविरुद्ध प्रश्न गर्नेहरु विरुद्ध पुष २७ गते तिनै ट्वीटेहरु खनिनुसम्म खनिए

पृथ्वीनारायण शाहको एकीकरण अभियानविरुद्ध प्रश्न गर्नेहरु विरुद्ध पुष २७ गते तिनै ट्वीटेहरु खनिनुसम्म खनिए। प्रज्ञाप्रतिष्ठानमा आलोचनात्मक प्रश्न गर्ने एक युवामाथि हमलाको प्रयास नै भयो। राष्ट्रियताको प्रतीक टोपी मात्र नभई धोती, कछाड र बख्खु पनि हुनुपर्छ भन्नेहरुले पनि नांगै भएर सामाजिक सञ्जालहरुमा प्रतिक्रिया व्यक्त गरे। अर्थात् दुवै समूह खुला र गहन छलफल तथा सम्वादमा भन्दा पनि निषेधमा केन्द्रित भए।कथित टोपी...