काठमाडौंमा दैनिक सय मोबाइल हराउँछन्, १० वटा भेटिन्छन् मोबाइल भेटिन्छन्, चोर भेटिँदैनन्
२ माघ, काठमाडौं । महानगरीय प्रहरी परिसर काठमाडौंको मोबाइल खोजतलास उपशाखामा ३० पुस दिउँसो एक वृद्धा हस्याङफस्याङ गर्दै आइन् । ‘लौ न बाबु, मेरो मोबाइल भेटाइदिनुपर्यो,’ उनले त्यहाँ बसेका एक प्रहरी जवानलाई भावुक हुँदै भनिन्, ‘मोबाइल मात्र हराए त केही थिएन । तर, त्यो मेरो बूढोको चिनो हो । फोटाहरु सबै त्यहीँ थिए ।’ प्रहरी जवानले आईएमईआईसहितको ‘चिट’ ती वृद्धासँग मागे...
तारुकामा यसरी जुधाइयो गोरु, फोटोमा हेर्नुस्
तस्बिर: देवचन्द्र भट्ट चन्दनी, तारुका, नुवाकोटः स्पेनको बुल फाइटको झल्को दिने माघे संक्रान्ति गोरुमेला सोमवार नुवाकोटका विभिन्न स्थानमा गरिएका छन् । सदियौँदेखि प्रत्येक वर्षको माघे संक्रान्तिमा नुवाकोटको दक्षिणी तारुकाको चन्दनीमा यसवर्ष पनि ३५ हल गोरु जुधाउँदै सोमवार सम्पन्न भएको हो । यस वर्ष तारुकालगायत तीन स्थानमा गोरु जुधाउने मेला गरियो । गोरु जुधाई मेलामा नुवाकोटकै तीन स्थानमा ३५ हल गोरु जुधाइएकोे...
काकाकुल चेपाङ बस्ती, सिंगै गाउँ सार्ने तयारी
ब्रुसवाङ : ‘काम गर्न पति मनाङ गएका बेला सुत्केरी भएँ । सरसफाइ र लुगा धुन त परको कुरा, तीन दिनसम्म पानी पिउनसमेत पाइनँ’, धादिङको दक्षिणी भेगको विकट चेपाङ गाउँ ब्रुसवाङकी फूलमाया चेपाङले भनिन्, ‘वृद्ध ससुराले दिनभर लगाएर ल्याएको १ गाग्री पानीले १५ दिन पुर्याएँ ।’ चेपाङ समुदायको अवस्था बुझ्न विकट बस्ती ब्रुसवाङ पुगेको प्रजिअ श्यामप्रसाद भण्डारी, जिल्ला समन्वय समिति प्रमुख...
गर्भनिरोधक औषधि धेरै खाँदा के हुन्छ ?
२९ वर्षीया विवाहित युवती हुँ । यौनसम्पर्क भएपछि आफूलाई शंका लाग्छ अनि म औषधी खान्छु— 72 dej । यो औषधी धेरै खाँदा के हुन्छ ? -मन्जु के–को शंका र कुन औषधी ? तपाईंलाई के कुराको शंका लाग्छ, पत्रमा स्पष्ट रूपमा उल्लेख छैन, तर यौनसम्पर्क भएपछिको कुरा गर्नुभएकाले गर्भ बस्यो कि भन्ने आशंका हुनुपर्छ । यही सन्दर्भमा औषधी खाने कुराले तपाईंले आकस्मिक गर्भनिरोधको कुरा गर्नुभएको मानेको छु । तपाईंले...
नर्सहरु काम छाडेर आन्दोलनमा ,मुलुकभर नर्सिङ सेवा ठप्प
सोमबारदेखि आन्दोलनरत नर्सहरुले एक सिफ्टको ड्युटी नै छाडेपछि देशभरका अस्पतालहरुमा नर्सिङ सेवा ठप्प भएको छ। एक हप्ताअघि नर्सहरुले ११ बुँदे माग अघि सार्दै आन्दोलन घोषणा गरेका थिए। स्वास्थ्य मन्त्रालयले उनीहरुका मागको सुनुवाइ नगरेपछि पूर्व कार्यतालिका अनुसार सोमबारदेखि तीन दिनसम्म उनीहरुले १० देखि १ बजेसम्म ३ घन्टाका लागि ड्युटी छाड्ने घोषणा गरेका हुन्। यी तीन दिनभित्र पनि माग पूरा नभए ४,...
यस्तो छ माघे सक्रान्तीको विशेषता
काठमाडौं – सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ । साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिन भन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले आजको दिन देवघाट,...
राष्ट्रपति-उपराष्ट्रपति-प्रधानमन्त्रीबाट माघे संक्रान्तिको शुभकामना
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनले आज मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा छुट्टाछुट्टै शुभकामना सन्देश जारी गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ । सन्देशमा राष्ट्रपति भण्डारीले नेपालमा हरेक जातजाति र क्षेत्रमा मनाइने चाडपर्वको आआफ्नै राष्ट्रिय महत्व रहेको भन्दै यसले नेपाललाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका...
यसरी मनाउँछन् थारु समुदायले माघी
थारु समुदायका मानिसले माघ १ गतेलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउँदैछन् । यस अवसरमा पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुरसम्मका थारु समुदायका मानिसले स्नान, दान, एवम् खानपीन र रमाइलो गरेर माघी पर्व मनाउने गर्छन् । सूर्य उत्तरायणमा प्रवेश गर्ने दिन माघ १ गते थारु समुदायको नयाँ वर्ष माघी पर्व पर्दछ । माघ १ गतेदेखि पाँच दिनसम्म धुमधामका साथ...
भारतमा ४० जना सवार डुंगा डुब्यो, हेलिकोप्टर समुद्रमा खस्यो
भारत, पुस २९ । भारतको मुम्बईनजिकको तटीय क्षेत्रमा ४० जना स्कुले विद्यार्थी चढेको डुंगा डुबेको छ । उक्त डुंगा दूर्घटनामा ३२ जनाको सकुशल उद्धार गरिएको छ भने चारजनाको शव फेला परेको अधिकारीहरुले जनाएका छन् । डुंगामा क्षमताभन्दा बढी यात्री रहेको र विद्यार्थीले ‘लाइफ ज्याकेट’ पनि नलगाएको भारतीय सन्चारमाध्यमहरुले जनाएका छन् । अझै चारजना हराइरहेकोले उद्धारकार्य खोजी जारी रहेको स्थानीय सामुद्रिक सुरक्षा...
दिउँसोदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग सुचारू
बुटवल, २९ पुस– सुख्खा पहिरो खसेर शनिवार दिउँसोदेखि अवरुद्ध रहेको सिद्धार्थ राजमार्ग अपराह्नदेखि खुलेको छ । पाल्पा र बुटवलको सिमानामा पर्ने तल्लो सिद्धबाबा नजिकै सडकमाथिबाट सुख्खा पहरोसँगै खसेको ठूलो ढुंगाले राजमार्ग अवरुद्ध भएको थियो । डोजर प्रयोग गरेर ढुङ्गा हटाइएपछि शनिवार अपराह्न ५ बजेदेखि बाटो खुलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । सुख्खा पहिरोबाट कुनै मानवीय र भौतिक क्षति भने नभएको...

