काठमाडौं, १७ बैशाख । गायक संजिब पराजुलीको डेब्यु एकल एल्बम ‘सुनय’ सार्वजनिक भएको छ । राजधानीमा शनिवार आयोजित कार्यक्रममा गायक तथा संगीतकार शक्ति बल्लभ र संगीतकार राजु सिंहलगायतले संयुक्त रुपमा एल्बम विमोचन गरे ।
कार्यक्रममा गायक तथा संगीतकार बल्लभले सांगीतिक क्षेत्रमा नयाँ अनुहारको आगमन हुनु सुखद कुरा रहेको जनाउँदै गायक पराजुलीको स्वरमा सम्भावना भएको बताए । अर्का संगीतकार प्रवासमा बसेर पनि संगीतमा सक्रिय भई एल्बम निकाल्नु आफैमा सकारात्मक कुरा रहेको जनाए । विराटनगर घर भएका पराजुली हाल अष्ट्रेलियामा बस्छन् ।
एल्बममा ‘झिलमिल झिलमिल’, ‘चाहनामा म तिम्रो’, ‘प्रेमरंग’, ‘बादलसँगै’ र ‘धुलो भई’ बोलका गरी ५ गीत छन् । गीतमा होमनाथ न्यौपाने, हर्कुलस बस्नेत, निष्प्रभ साजीको शब्द र दिपक भट्टराई, हेमन्त राना तथा हर्कुलस बस्नेतको संगीत छ । गायक पराजुलीलाई ’प्रेम रंग’ बोलको गीतमा सुमधुर स्वरकि धनि बानिका प्रधानले साथ दिएकी छन् ।
सञ्जीवले गाएको ‘नाई मलाई थाहा छैन’ बोलको गीत श्रोताले रुचाएको गीतमा पर्दछ । यो गीतमा उनलाई टिका प्रसाईले स्वरमा साथ दिएकी छन् । यो गीतमा बाबा एजुकेसन कन्सल्टेन्सीको प्रायोजनमा अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको पनि आयोजना गरिएको थियो । जसमा विजेता हुने प्रतियोगी ए स्क्वायर क्रिउका आयुष चौधरी र अभय चौधरीलाई कार्यक्रममा कन्सल्टेन्सीका तर्फबाट १ लाख रुपैंयाँ पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताको प्रतियोगी नागी डान्स सेन्टर इटहरीको भिडियोलाई विशेष सम्मान र प्रोत्साहन स्वरुप २५ हजार रुपैंयाँ प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगिताको उत्कृष्ट १० मा पर्ने प्रतियोगीलाई आयोजकले प्रमाण पत्र दिएका थिए । पहिलो नेपाली तारामा समेत सहभागिता जनाईसकेका पराजुलीले झण्डै पाँच वर्ष संगीत विषयको अध्ययन पनि गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित



