काठमाडौ, १६ जेठ । दुर्गिश फिल्मस्को ब्यानरमा बन्ने पाँचौ प्रोजेक्ट ‘लाउरे’मा सृष्टी श्रेष्ठ र बिक्रम सिंह थारुको प्रमूख अभिनय रहने भएको छ । सोमबार राजधानीमा पुजापाठ गरी यो चलचित्रको मुहर्त गरिएको थियो ।
निर्माता सुनिल रावलले यो चलचित्र जेठ २१ गतेदेखि चलचित्र फ्लोरमा जाने बताएका छन् । बेलायती सेनामा जागिर खानका लागि एक युवाले गरेको संघर्ष, युवापूस्ताको प्रेम, दुर्व्यसन र समस्या लगायतका विषयलाई लाउरेले समेट्ने बताईएको छ । यो चलचित्रमा सृष्टी र बिक्रमका अलावा मिरुना मगर, शैलेन्द्र मल्ल लगायतको अभिनय रहनेछ । युवापूस्तामाझ चर्चित रहेका गायक नरेन लिम्बुले पनि यो चलचित्रबाट नायकको रुपमा डेब्यू गर्दैछन् । यस्तै कृषा शाही र डेनमार्ककी कलाकार जेनेट मेरी लेटरको पनि अभिनय रहने छ । ‘लाउरे’लाई सुनिल रावल, इश्वर श्रेष्ठ, सुभास लामिछाने र भेषमणि श्रेष्ठले संयुक्त रुपमा निर्माण गर्न लागेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार