जापान । नेपाली गीतसंगीत एउटा आफ्नो छुट्टै स्थान  बनाउन सफल एक सर्जक हुन केशब पौडेल । पौडेल नेपाली लोक संगीतको क्षेत्रमा मात्र नभई बिभिन्न सामाजिक संघ सस्थाहरुमा आबद्द भएर सामाजिक कार्यमा पनि उनी अगाडि छन् । उनी नवलपुर समाज जापानको सस्थापक अध्यक्ष हुन साथै अहिले लोक दोहोरी प्रतिष्ठान जापान शाखाको प्रबक्ता पनि हुन । पौडेलको शब्द सृजना धेरै दर्शक श्रोता मन मुटुमा बस्न सफल भएकोछ । उनले गरेको शब्द सृजनामा पहिला बजारमा आएका गितहरु उही ‘खोलीको पानी उही खोलीको माछा’ अनी ‘गुन्द्रुक मिठो साग’ गित छोटो समयमा सर्वाधिक चर्चा कमाउन सफल भएको थियो ।

नयाँ नयाँ लोक गीतका शब्द सृजनामा रमाउने पौडेल अहिले फेरी S3K Entertainment को प्रस्तुतिमा उनै सर्जक केशव पौडेलको उत्कृष्ट शब्द सृजनामा “पुतली”सार्वजनिक भएको छ । चर्चित रचनाकार तथा संगितकार शिव हमालको उत्कृष्ट संगीत रहेको गीतमा विक्रम परियार र चर्चित लोकदोहोहोरी गायिका देवि घर्तिमगरको स्वरमा कोरियोगराफ तथा निर्देशक देबेन्द्र कुवरको निर्देशन गरेकाछन् भने म्युजिक भिडियो छायाकन नरेश ऐरले गरेकाछन् । म्युजिक भिडियो सम्पादन टेकेन्द्र शाहाले गरेकाछन् यस म्युजिक भिडियोमा अभिनय चर्चित मोडल दुर्गेश थापा र रविना भण्डारीले गरेकाछन् । यस म्युजिक भिडियो लाई S3K Entertainment ले आफ्नो अफिसियल युटुबबाट सार्बजनिक गरिरहेकोछ ।

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार