टोकियो/जापान । ”मेरी छोरी”बोलको गीतबाट लोकप्रिय बनेकी बाल गायिका दिपिका कँडेलको अर्को गित सार्वजनिक भएको छ ।

स्वर्गीय गायक दिपक परियार र दिपिका कँडेलको स्वरमा”बानी चकचके”सार्वजनिक भएको हो । गीतमा दिपक कँडेलको शब्द सृजना रहेको छ भने गणेश अधिकारीको संगीत रहेको छ ।

म्युजिक भिडियोलाई निर्देशक मौसम हिमालीले निर्देशन गरेका छन् भने म्युजिक भिडियोमा चर्चित कलाकार जयकिसन बस्नेत, एलिना रायमाझी र बालकलाकार एभेलिनको अभिनय रहेको छ । अजय रेग्मीले छायांकन गरेको म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् । गीतको म्युजिक भिडियो दिपिका कँडेलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक भएको छ ।

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार