काठमाडौं । कोरोना कहरका कारण विगत ६ महिनायता फिल्म हल बन्द छन् । अब कहिले खुल्छ भन्नेमा अझै टुंगो छैन । विस्तारै सबै क्षेत्र खुल्दै गएकाले अब फिल्म क्षेत्रपनि खोल्नुपर्ने माग फिल्मकर्मीले गर्दै आएका छन् ।
हाम्रो ठूलो पर्व दशैँ आउन एक महिना पनि बाँकी छैन । सरकारले अहिले फिल्म क्षेत्रमा लगाएको प्रतिबन्ध हटायो भने दशैँसम्ममा फिल्म रिलिजको वातावरण बन्ने अनुमान फिल्मकर्मीहरुले गरेका छन् । त्यसैले पनि उनीहरु फिल्म क्षेत्र खुलाउने कसरतमा छन् ।
दशैँ नेपाली फिल्मले राम्रो व्यापार गर्ने पर्व पनि हो । फिल्म क्षेत्र खुलिहाले दशैँमा फिल्म रिलिज गर्नुपर्छ भनेर केही फिल्मकर्मी लागेका छन् । ती मध्यका एक निर्माता शोभित बस्नेत पनि हुन् । शोभित फिल्म ‘लक्ष्मीपूजा’ यही दशैँ हुने बताउँछन् । समीर मियाँको निर्देशन रहेको फिल्ममा जयकिशन बस्नेत, जाहान्वी बस्नेत, अस्मिता जुुरेली, नीर शाहको अभिनय रहेको छ । फिल्ममा सलोन बस्नेत र रियाशा दाहाल विशेष भूमिकामा देखिँदैछन् ।
निर्माता शोभितका अनुसार जाहान्वीको शीर्ष भूमिका रहने फिल्ममा उनी दोहोरो भूमिकामा देखिँदैछिन् । उनले पारिवारिक प्रेमकथा रहने फिल्ममा दशैँ र तिहारको परिवेश देखाइनेछ । फिल्ममा विपिन आचार्यको संगीत, दयाराम पाण्डेको गीत, केदार भुषालको लेखक, रामजी लामिछानेको कोरियोग्राफी र जयकुमार दर्लामीको छायांकन रहेको छ । सरकारले फिल्मक्षेत्रको प्रतिबन्ध हटाए ‘लक्ष्मी पूजा’ दशैमै रिलिज गर्ने शोमितले बताए ।
त्यस्तै निर्देशक शिवहरी पौडेल पनि फिल्म रिलिजको माहोल बन्यो भने ‘लक्का जवान’ दशैँ, तिहारमा रिलिज हुने बताउँछन् । हाँस्य कलाकार शिवहरीको यो निर्देशनमा डेब्यु फिल्म हो । गत चैत्र २१ मा सार्वजनिक प्रदर्शनको तयारीमा रहेको फिल्म कोरोनाको कहरका कारण रोकिएको थियो ।
प्रदर्शनको वातावरण बने दशैँ, तिहारमा, नत्र चैत्रमा ‘लक्का जवान’ सार्वजनिक प्रदर्शनमा ल्याइने फिल्मका निर्देशक शिवहरी पौडेलले बताए । ‘हामी फिल्म रेडी गरेर बसेका छौ’ पौडेलले भने, ‘प्रदर्शन वातावरण मिल्यो र सुरक्षित हुने महशुस हुने बित्तिकै रिलिज गर्छौँ ।’ ‘लक्का जवान’मा किरण केसी, दीलिप रायमाझी, शिवहरि पौडेल, सुरेन्द्र केसी, वर्षा सिवाकोटी, प्रियंका कार्की, राजाराम पौडेल, सलोन बस्नेतलगायतको अभिनय देख्न सकिन्छ ।
किरण केसी, दीलिप रायमाझी र शिवहरि पौडेल कार्यकारी निर्माता रहेको फिल्मको सह–निर्मातामा सुरेन्द्र केसी र दिपेन्द्र खनिया हुन् । ‘लक्का जवान’ केही पाका उमेरका मानिसहरुको कथाको बिषयमा बनेको कमेडी फिल्म हो ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित



