काठमाडौं । अभिनेत्री श्वेता खड्का आज सोमाबार विवाह बन्धनमा बाँधिएकी छन् । धनगढीका विजयेन्द्र सिंह रावतसँग उनले बिवाह समारोह अहिले गोकर्ण फरेष्ट रिसोर्टमा चलिरहेको छ । कोरोनाको कहरका कारण विवाहमा दुबै तर्फका नजिकका सिमित ब्यक्तिको सहभागिता रहेको छ ।

विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जालमार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् । बिवाह अगाडि महेन्दी समारोह आयोजना समेत आयोजना भएको थियो । जसको तस्बिर समेत उनी आफैंले सार्वजनिक गरेकी थिइन् ।

विभिन्न सञ्चारमाध्यममा यस अघि नै उनको विवाहको बारेमा समाचार सार्वजनिक भइसके पनि नायिका खड्काले भने बिहेको अघिल्लो दिन आइतबार नै आफ्नो विवाहको बारेमा सामाजिक सञ्जालमार्फत् औपचारिक जानकारी दिएकी थिइन् ।

बिहेको एक दिनअघि मेहेन्दी सेरेमोनीको क्रममा स्वेताले भावुक स्टाटस लेख्दै आफ्नो दोस्रो बिहेलाई समाजका केही व्यक्तिले स्वीकार नगर्न पनि सक्ने उल्लेख गरेकी थिइन् । स्वेताले आइतबार सामाजिक सञ्जालमा लेखेकी छिन्–‘मेहेन्दीको रंगहरुसँगै खुल्दै छु म । जीवनको नयाँ पानाहरुमा भुल्दै छु म ।’

यसअघि उनको नायक श्रीकृष्ण श्रेष्ठसँग विवाह भएको थियो । श्रेष्ठको २०७१ साउन २५ गते असामयिक निधन भएको थियो ।

 

 

 


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार