काठमाडौँ । गायक आनन्द कार्कीको स्वरमा “जिन्दगी अझै जिउने” बोलको नयाँ गीत सार्वजनिक भएको छ । बिहिबार साँझ सार्वजनिक गरिएको गीतमा लामो समय पछि कलाकारिता क्षेत्रमा फर्किएकी कलाकार तथा मोडल तुलशा कटुवाल र नृत्य निर्देशक समेत रहेका कलाकार देशराज आचार्यको मूख्य अभिनय रहेको छ । मोडल तुलशा कटुवाल र देशराज आचार्यको अभिनय रहेको उक्त गीतको रचना भने चेतन खतिवडाले गरेका हुन् ।

गीतमा शक्ति बल्लभको संगित, मनोहर सुनामको एरेन्ज, निर्देशक समेत रहेका कलाकार देसराज आचार्यको कोरियोग्राफी रहेको छ ।बुढा सुब्बा डिजिटल युबट्युब च्यानलबाट सार्वजनिक गरिएको “जिन्दगी अझै जिउने”बोलको गीतमा सामाजिक परिबेश, माया प्रेम र त्यसले ब्यक्तिलाई दिने उत्प्रेरणा तथा युवा पिढिको यथार्थलाई उतार्ने प्रयास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार