के तपाईले सोच्नु भएको छ, असल केटाले नै किन पाउछन् प्रेममा धोका ? आखिर उनीहरुले नै मात्र किन सहनु पर्छ ट्राजेडी ? प्रायः खराब केटाले असल जीवन साथी पाउँछन् र यस्ता केटाका साथ धोका हुन्छ जसले भित्री हृदयदेखि नै प्रेम गर्छन ।
यहाँ यस्ता केही कारण प्रस्तुत गरिन्छ जो पढेर तपाइलाई आश्चार्य लाग्न सक्छ :
१. धेरैजसो केटाहरु आफ्नो अतितका नाता वारे आफ्नी प्रेमिकालाई खुलाउन चाहदैनन् । तर, असल, इमान्दार केटाहरु सबैकुरा खुलाएर मात्र आफ्नो नयाँ जीवन शुरु गर्न चाहन्छन् ।
यस्तोमा केटीहरुमा शंका उत्पन्न हुनछ । मलाई छोडेर फेरी उसैसंग त जाने होइन भन्ने शंका लागिरहन्छ । केटीहरु आफ्नो मनमनै प्रश्न गर्छन, कसैलाई छोडेर मसंग आएको हो भने मलाई पनि छोडेर अन्त जान सक्छ । यसले केटीको मनमा शंका र भ्रम पैदा गर्छ ।
२. धेरैजसो असल केटा कमाडिंङ प्रवृतिका हुन्छन् । उनीहरु आफ्नो जीवन साथीको धेरै हिसाव राख्छन् । धेरैजसो केटीलाई यस्तो मन पर्दैन । केटीहरु अरुले यसो गर्नु हुन्छ उसो गर्नु हुदैन भनेर अरुले अह्राएको मन पराउदैनन् ।
३. असल केटा नियम कानुन अनुसार चल्छन् । त्यस्ता केटा आफूले जसरी नियम कानुन साथीले पनि मानोस र त्यही अनुसार चलोस भन्ने चाहन्छन् । तर, केटीहरु यति धेरै नियम कानुन र प्रतिवन्धको साथ टिक्दै टिक्दैनन् ।
४. आवश्यकताभन्दा ज्यादा पार्टनरको ख्याल गर्ने केटा पनि केटीहरुलाई मन पर्दैन । कतिपय अवस्थामा यस्तो ज्यादा वास्ता पनि केटीहरुलाई बंधनजस्तो लाग्छ हरेक केटी आफ्नो तरिकाले बाँच्न चाहन्छन् । केटीहरुलाई माया, प्रेम त चाहिन्छ तर, आवश्यकताभन्दा बढी भएपछि झर्को मान्छन् र सम्वन्धै तोड्ने वारे सोच्न थाल्छन् ।
५. असल वा राम्रा केटा अरुले मानोस वा नमानोस उसले जे सोच्छ त्यही ठिक हो र उसले जे बोल्छ, गर्छ त्यही ठिक हो भन्ने खालका हुन्छन् । यस्ता केटासंग कुनै केटी टिक्न सक्दैनन् । एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- जापानमा नेपाल हाउसका लागि प्रस्तावित जग्गा अनुपयुक्त ठहर, सम्झौता रद्द गरी रकम फिर्ता ल्याउन समितिको सिफारिस
- तिहार अनि सम्झनामा आरूखर्क,धॅुवाखोला
- नेपाल हाउसको जग्गासम्बन्धी प्रतिवेदन एनआरएनए जापानलाई हस्तान्तरण, १० दिनभित्र सार्वजनिक गर्न आग्रह
- जापानमा किन जारी गरियो आपतकालिन् आग्रह ? जापानमा एक सातालाई पुग्ने खाना र पानी राख्न आग्रह, यस्तो छ खास कारण
- जापान बुझेको राजदूतको खोजी : जिज्ञानकुमार थापाको योग्यता र विधिको परीक्षा
- रसुवा बाढीपीडितका लागि गल्कोट समाज जापान कान्तो क्षेत्रीय समितिद्वारा ७ लाख रुपैयाँ सहयोग
- एनआरएनए एशिया प्रशान्त क्षेत्रीय समितिद्वारा नुवाकोटमा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग वितरण गरिने
- नोभेम्बर ८ मा धादिङ समाजद्वारा आपत्कालीन राहत कोषका लागि देउसी–भैलो कार्यक्रम आयोजना गर्ने
- नेपाली चलचित्र ‘कबड्डी ५’ जापानको टोकियोमा प्रदर्शन हुँदै, अनलाइन टिकट बिक्री सुरु
- अन्तर्राष्ट्रिय धादिङ समाजको अध्यक्षमा बद्री खतिवडा निर्विरोध निर्वाचित, जापानबाट चार जना पदाधिकारी चयन




