फिल्ममा आफूले निर्वाहा गरेको भूमिकाका कारण प्रायः चर्चामा रहने नायिका ऋचा शर्माको एक बयानले यतिबेला चलचित्र क्षेत्र तरंगीत बनेको छ ।
केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा उनले ‘छक्का पन्जा’ हेर्ने दर्शक ‘मूर्ख हुन’ भन्ने खालको अभिव्यक्ति दिएपछि कलाकार दीपकराज गिरी र दीपश्री निरौला आक्रोशित भएका छन् । त्यो बयानले उनलाई विवादमा तानेको छ ।
ऋचाले भनेकी थिइन्, ‘‘छक्का पन्जा’मा दैनिक महिलालाई पिट्न पाउनु पर्छ भनिएको छ । यो दृश्यमा दर्शकहरु खुब हाँसे र ताली पनि पिटे । फस्ट हाफपछि मैले दीपा दिदीलाई के हो यस्तो भनेर सोधें उहाँले ब्रेकपछि पनि हेरन भन्नुभयो । हलमा पुरुष र महिलाले ताली पिटेको देखेर मलाई चाहिं खुब रिस उठेको थियो ।’ उनले आफूले निर्माण र अभिनय गरेको फिल्म ‘आधा लभ’ले ५ गम्भीर विषयलाई उठान गरेको भएपनि हलमा ५ दिन पनि नटिकेको बताएकी छिन् ।
कलाकार दीपकराज गिरीले फेसबुकमा स्टाटस लेख्द्रै ऋचाको यो भनाईप्रति चोटिलो प्रहार गरेका छन्, ‘एकजना नायिकाले हाम्रो चलचित्र हेरेर ताली बजाउने दर्शकलार्इ मूर्ख भन्नु भएछ ।’ “प्रिय नायिकाज्यू दर्शकलाइ मूर्ख भन्नु भएकोले नै तपार्इका फिल्मले कहिल्यै दर्शक पाएनन्।।।” ‘गेट वेल सुन’ ।
यो स्टाटस निर्देशक दीपाश्री निरौला, प्रियंका कार्की, बर्षा राउत, स्वस्तिमा खड्का, गौरव पहारीले पनि शेयर गर्दै ऋचाको भनाइप्रति आपत्ति जनाएका छन् । ऋचाको एउटा भनाइले अहिले सामाजिक संजाल, चलचित्र क्षेत्र र मिडिया तताएको छ । तर ‘छक्का पन्जा’ टिमको स्टाटसमा नायिका शर्माले कुनै प्रतिक्रिया जनाएकी छैनन् ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित



