काठमाडौं । सामाजिक सञ्जाल युट्युबमा निकै रुचाइएको भिडियो गीत ‘साइँली’लाई दर्शकले अब फिल्मको पर्दामा पनि हेर्न पाउने भएका छन् ।
गायक हेमन्त रानाको स्वरमा रहेको गीतलाई जिएच इन्टरटेनमेन्ट ब्यानरले निर्माण गरेको थियो। यही ब्यानरले ‘साइँली’ निर्माण गर्न लागेको हो । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको औपचारिक निर्माण घोषणा गरियो ।
भिडियोमा गौरव पहाडी र नायिका मेनुका प्रधानको अभिनय गरेको थियो । फिल्ममा पनि गौरव र मेनुका नै मुख्य भूमिकामा हुने निर्माण पक्षले जानकारी गराएको छ ।
फागुन पहिलो साताबाट छायांकन सुरु हुने बताइएको यो फिल्मलाई ‘कबड्डी’, ‘कबड्डी कबड्डी’, ‘पुरानो डुंगा’ फिल्मका निर्देशक रामबाबु गुरुङले निर्देशन गर्नेछन् । फिल्म घोषणा सभामा ‘साइँली’ गीतलाई युट्युबमा साढे २ करोड पटक हेरिएको अवसरमा जिएच इन्टरटेनमेन्टले केक काटेर खुसी साटेको थियो ।
निर्देशक गुरुङले गीतले बोकेको भावलाई फिल्ममा उतार्ने प्रयास गर्ने बताए । यस्तै, नायक गौरव पहाडीले ‘साइँली’बाट आफू फिल्म निर्माण पनि होमिएको र यो फिल्म आफ्नो लागि टर्निङ प्वाइट हुने बताए । कार्यक्रममा नायिका मेनुका भने अनुपस्थित थिइन् । फिल्मले बैदेशिक रोजगारीको कथा बोल्नेछ ।
फिल्ममा अजय पोखरेल, विशाल गुरुङ, मोहन थापा निर्मातामा छन् । कार्यक्रममा बोल्दै गायक हेमन्त रानाले ‘साइँली’ गीतमाथि फिल्म बनाउनु आफैंमा चुनौतीपूर्ण रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
- जापानको फुकुओकामा एक नेपाली युवतीको निधन,परिवारसंग भिडियो कल गर्दै आँफैले मृत्युको बाटो रोजिन्
- जापानको नागोयामा ललितपूरका ३३ वर्षिया नेपाली युवाको निधन,शनिबार जापानमै अन्त्येष्टि गरिने
- एनआरएनए जापानले गर्यो ऐतिहासिक पहल,नेपाली विद्यार्थीले पाउने भए कामसँगै छात्रवृत्ति
- परिवारकै सहमतिमा गरिएको इन्गेजमेन्ट रद्द भएपछि युवतीले केटाको घरमा पुगेर गरिन् आत्मदह
- जापानमा बुटवलकी मिनाको उपचारको क्रममा निधन,आर्थिक सहयोगका लागि अनुरोध
- प्रवासी नेपाली मञ्च जापानको २२औँ अधिवेशन भोलि टोकियोमा, नयाँ नेतृत्व चयन हुने
- नेपाल–जापान सम्बन्धका सेतु थापा : अब थप फराकिलो भूमिकाको अपेक्षा
- जापानमा २०औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन हुँदै, ४५ देश तथा क्षेत्रका खेलाडी प्रतिस्पर्धामा
- जापानमा चामलको मूल्य करिब २ वर्षयताकै सस्तो, पाँच किलोको औसत मूल्य २ हजार ९७१ येन
- जापानको टोकियोसहित कान्तोतर्फ शक्तिशाली ताईफु २५ को चेतानी,सतर्क रहौँ
- रसुवाका बाढीपीडितको सहयोगार्थ जापानको कान्साईमा दुईदिने सांस्कृतिक महोत्सव हुँदै
- टोकियोस्थित नेपाली दूतावासको एनआरएनए हेल्प डेस्कबारे प्रश्नः
- अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि लामिछाने, उपसंयोजकमा श्यामहरि पाण्डे
- जापानको फुकुओकामा मृत भेटिएकी लक्ष्मी राजबंशी प्रकरण: अनुसन्धानबाट हालसम्म के खुल्यो?
- जापानमा नेपाली युवा किक बक्सर अविरल घिमिरे बने विश्व च्याम्पियन, २९ अन्तर्राष्ट्रिय प्रतियोगितामा २१ खेलमा जित



