टोकियो/जापान ।आजबाट जापानमा जि ७ हिरोशिमा शिखर सम्मेलन सुरु हुँदैछ।विश्वका सात ठूला अर्थतन्त्र भएका विकसित देशहरुको समूह(जि ७ )ले अन्तर्राष्ट्रिय समुदायले सामना गर्ने राजनीति, अर्थशास्त्र तथा समसामयिक विश्वव्यापी मुद्दाहरूमा विचार आदानप्रदान गर्न समूहका सदस्य मुलुकहरुका बीच वार्षिक रूपमा आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय सम्मेलन यस पटक जापानमा आयोजना गरिएको हो । सन १९७५ मा फ्रान्सबाट सुरु भएको यो सम्मेलन त्यस यता हरेक वर्ष फरक/फरक मुलुकहरुमा आयोजना हुँदै आएको छ । जापानले अध्यक्षता गरेको यो सातौँ शिखर सम्मेलन हो ।

यस अघि जापानमा,कहिले र कहाँ भएका थिए त जि ७ शिखर सम्मेलनहरु ?

जापानमा पहिलो जि ७ शिखर सम्मेलन सन् १९७९ मा टोकियोको स्टेट गेष्ट हाउसमा आयोजना भएको थियो । तत्कालीन प्रधानमन्त्री ओहिराको अध्यक्षतामा बसेको बैठकमा अमेरिका, बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानडाका शिर्षस्थ नेता तथा यूरोपेली संघका अधिकारीहरुको उपस्थिति रहेको थियो।

त्यस पछि सन १९८६ मा जापानमा दोस्रो शिखर सम्मेलन आयोजना भएको थियो।यो सम्मेलन पनि टोकियोमा आयोजना गरिएको थियो।त्यस समयमा प्रधानमन्त्री नाकासोनेले अध्यक्षता गरेका थिए। यस सम्मेलनमा पनि समूहमा आवद्ध सबै मुलुकका शिर्षस्थ नेता तथा युरोपेली संघका प्रतिनिधिहरु सहभागी भएका थिए।

जापानमा तेस्रो जि ७ सम्मेलम सन १९९३ मा टोकियोमै आयोजना भएको थियो। त्यसको अध्यक्षता तत्कालीन प्रधानमन्त्री मियाजावाले गरेका थिए । त्यस सम्मेलन पछि जि ७ सेभेनमा रुस पनि सहभागी हुन आईपुगेको थियो। त्यस पश्चात यसाई जि ८ भन्न थालिएको थियो।

जापानमा सन २००० मा चौथो पटक ,जि ७ क्युशु-ओकिनावा शिखर सम्मेलन भयो ।यस सम्मेलनबाट जापानले पहिलो पटक क्षेत्रहरुमा ठूला सम्मेलनहरु आयोजना गर्ने सुरुवात गरेको थियो।सो सम्मेलन ओकिवाको नागो शहरमा आयोजना गरिएको थियो।चौथो पटकको सम्मेलनलाई प्रधानमन्त्री मोरीले अध्यक्षता गरेका थिए।

त्यस पछि सन २००८ मा जापानले ५ औँ पटक होक्काईदोमा शिखर सम्मेलन आयोजना गर्यो । प्रधानमन्त्री फुकुदाले अध्यक्षता गरेका थिए।उक्त शिखर सम्मेलनमा बढ्दो ग्लोबल वार्मिङ तथा र विश्वव्यापी अर्थतन्त्रको बढ्दो अनिश्चितताका विषयहरुमा छलफल भएका थिए।

त्यस्तै सन २०१६ मा जापानले छैटौँ पटक मिए प्रिफेक्चरको ईसे टापुमा शिखर सम्मेलन आयोजना गरेको थियो । त्यस सम्मेलनलाई प्रधानमंत्री आवेले अध्यक्षता गरेका थिए। त्यस सम्मेलनमा रुसले क्रिमियालाई गाभेको भन्दै जि ८ समूहबाट निकालेर फेरि जि ७ नै बन्ने निर्णय भएको थियो।

र,यसपाली सातौँ पटक जि ७ हिरोशिमा शिखर सम्मेलन आजबाट सुरु हुँदैछ। यस वर्ष रुस-युक्रेन युद्ध,परमाणु हतियारहरुको उत्पादन तथा प्रयोग विरुद्धको सतर्कता तथा चिनको बढ्दो सामरिक शक्ति,स्वतन्त्र ईन्डो प्यासेफिक क्षेत्र लगायतका विषयहरु प्रमुख एजेण्डाको रुपमा रहेका छन् । यसका साथै सात राष्ट्रहरुमा एआईको उपयोग तथा भविष्य लगायतका विषयहरु पनि उठान गरिनेछ । यस पटक वर्तमान प्रधानमंत्री फुमिओ किशिदाले यसको अध्यक्षता ग्रहण गर्दैछन्।

जि ७ के हो ?
यो,जी-सेभेन ( जि -७)अर्थात ग्रुप अफ सेभेन (सातको समूह) संसारका सबैभन्दा ठूला अर्थतन्त्र भएका सात राष्ट्रहरूको सङ्घ हो। यसमा क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र अमेरिका आबद्ध छन्। जि ७ ले आफूलाई कानुनी मूल्यमान्यतामा आधारित शक्ति राष्ट्रहरुको समूह मान्दछ र आफ्नो मूल सिद्धान्तका रूपमा स्वतन्त्रता र मानव अधिकार, प्रजातन्त्र र कानुनी राज एवम् समृद्धि र दिगो विकासलाई अगाडी सार्दै आएको छ।

अमेरिकी राष्ट्रपति जो बाइडेन र जापानका प्रधानमन्त्री किशिदा बिच बिहीबार हिरोसिमामा शिखर वार्ता हुने

जि ७ हिरोशिमा शिखर सम्मेलन नजिकिँदै गर्दा जापानभरको सुरक्षामा उच्च सतर्कता,ख्याल गर्नुहोस् चेक जाँचमा परिएला

 

 

 

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार