टोकियो/जापान। आफ्नै परिवारका ४ सदस्यलाई एटोमिक बम प्रहारबाट गुमाएका तोकुसो हमाईले आज,हिरोशिमाको शान्ति स्मारक नजिकैको आफ्नो निवासमा टेलिभिजनमा,विश्वभरका नेताहरु हिरोशिमा शिखर सम्मेलनको अवसरमा शान्ति स्मारकमा पुगेको दृश्यलाई हेरे । यस पटकको जि ७ शिखर सम्मेलन तोकुसो जस्ता हज्जारौँ आणविक बम विष्फोटका पीडितहरूको लागि एउटा आशा र सन्तापको क्षण हो ।

आज,विश्वभरका शक्ति राष्ट्रहरुका शिर्षस्थ व्यक्तिहरू उनको तोकुसोको जन्मस्थानमा रहेको शान्ति स्मारकमा उभिएको दृश्य देखे । जुन स्थान सन १९४५ मा परमाणु बम विस्फोटनको केन्द्रबिन्दुबाट करिब २०० मिटर टाढा रहेको थियो। सोहि परमाणु बम प्रहारबाट हज्जारौँ मानिसहरुले ज्यान गुमाएका थिए भने लाखौँ मानिसहरु आजीवन अपांगता भएका थिए।

८८ वर्षिया तोकुसोल,स्थानीय टेलिभिजनमा बोल्दै भने-“यो मेरो परिवारको विश्रामस्थल हो, “म चाहन्छु कि त्यहाँ उभिएका गन्यमान्य मानिसहरुले त्यहाँ गुमेका हज्जारौँ जीवनहरूको कल्पना गरुन् । परमाणु अस्त्रको विनाशकारीरुपलाई अनुभूत गरुन् ।”

हिरोशिमा र नागासाकीमा तोकुसो जस्ता लाखौँ मानिसहरु छन् जसले अमेरिकी परमाणु बमको निर्मम पिडालाइ भोगिरहेका छन्। उनिहरु जापानमा मात्रै होईन विश्वभर अब फेरि कहीँ कतै कसैले त्यस्ता नरसंहारक अस्त्रहरप उत्पादन र प्रयोग नगरुन भनेर हरेक दिन कामना गरिरहेका छन् ।

सोहि अनुरुप,विश्वलाई परमाणु अस्त्र उत्पादन नगर्न तथा कहीँ कतै मानव विनाशमा प्रयोग नगर्नका लागि शसक्त शन्देश दिने उदेश्यले आयोजित जि ७ हिरोशिमा शिखर सम्मेलनले हिरोशिमाबाट प्रभावकारी सन्देश दिने अपेक्षा गरिएको छ।

सम्बन्धित खबरहरु

जि ७ हिरोशिमा शिखर सम्मेलन सुरु,विश्वभरका शक्ति राष्ट्रका शिर्षस्थ नेताहरु जापानमा

जापान र बेलायतबिच रक्षा, स्वच्छ ऊर्जा तथा सेमीकन्डक्टर क्षेत्रमा ऐतिहासिक सम्झौता

अष्ट्रेलियामा हुने भनिएको क्वाड सम्मेलन पनि जापानको हिरोशिमा मै गरिने

 

नेपालन्युजपोस्ट युट्युबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। फेसबुक र टिकटक मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार